जुवाखालबाट तिब्वती नागरिकसहित १० जना पक्राउ

काठमाडौं, तिब्बती नागरिकसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाइ प्रहरीले जुवा खेलेकाे अाराेपमा पक्राउ गरेकाे हाे।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले गत सोमबार ५ बजेर ३० मिनेटमा गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीस्थित जस्ताले छाएको एक टहरामा जुवातास खेलिरहेको अवस्थामा तिब्वत घर भई हाल बौद्ध बस्ने नवाङ कुन्साङसहित १० जनालाई नियन्त्रणमा लिइएको महानगरिय प्रहरी वृत्तले जनाएको छ।

उनीहरुबाट २ लाख ८१ हजार रुपैयाँ समेत नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसान्धान भइरहेको महानगरिय प्रहरी वृत्तले जनाएको छ।