सुर्खेत तनावग्रस्तः प्रहरीद्वारा हवाई फायर, ८ जना घाइते
सुर्खेत,सुर्खेतको विरेन्द्रनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेको छ ।
ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको विषयलाई लिएर स्थानीय प्रदर्शनमा उत्रिएपछि स्थिति तनावपूर्ण बनेको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ ।कालीकोट महावै गाउँपालिका– ३ सिमखेत घर भएका २० वर्षीय केशर सिंहको ट्रिपरको किचेर आज विहान मृत्यु भएको थियो ।
आन्दोलनले उग्र रूप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको सुर्खेतका प्रहरी प्रमुख डिल्लीराज पन्तले बताए ।प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा परी ८ जना भन्दा बढी घाइते भएका छन् ।स्थानीयका अनुसार जुम्लाका २५ वर्षीय महेश गौतम, दैलेखका १६ वर्षीय हिदेशकुमार शाही, दैलेखका १७ वर्षीय कृष्णबहादुर थापा, दैलेखकै १७ वर्षीय गोकुल गिरी, कालीकोटका कमान सिंहलगायत ८ जना घाइते भएका छन् ।