असहाय परिवारका अभिभावक शेख अब्दुल अजीज तैयबी मदनीको निधन

कपिलवस्तु, सामाजिक तथा धार्मिक सहिष्णुता कायम गरी गरिब तथा असहाय परिवारलाई सहयोग गर्दै आएका शेख अब्दुल अजीज तैयबी मदनीको मृत्यु भएको छ ।कपिलवस्तुको कृष्णनगरमा रहेको जामिया सिराजुलवलुम अलसल्फियामा सन् १९८६ देखि शिक्षा दिदै आएका मदनीको ७१ बर्षको उमेरमा हृदयघातको कारण उनको मृत्यु भएको हो ।

भारतको सिदार्थनगर दुधवनियामा सन् १९४८ मा जन्मेका उनले आफ्नो उच्च शिक्षा साउदी अरब को मक्कामा प्राप्त गरेका थिए ।

समाजिक तथा धार्मिक काममा क्रियाशील रहेकै कारण केही दिन पहिले राष्ट्रीय मदरसा संघ नेपालले एक कार्यक्रमका बिच मदनीलाई सम्मानित गरेको संघका राष्ट्रीय उपाध्यक्ष शैख जैस मक्कीले बताए ।

मदरसा संघका अध्यक्ष समीम अहमद नदवी आफु तिर्थयात्राको लागी साऊदी अरबको मक्कामा रहेकोले उनको अन्तिम सस्कारमा आफुहरु उपस्थित हुन नसकेपनि मुस्लिम धर्मावलम्बिहरुको प्रमुख तिर्थस्थल मक्काबाटै आत्माको शान्तिको लागी प्राथना गरी यस्ता दु:खद समयमा शैख अब्दुल मन्नान सल्फी, प्र.अ.शैख खुर्शीद शल्फी, शैख अब्दुल रसीद मदनी, राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनी अलकुफी लगायत सम्पूर्ण मदरसा परिवार उहाँको परिवारको साथमा रहको प्रतिबद्धता जनाए ।

उनको मृत्युले समग्र मुस्लिम समुदाय दु:खी हुनुको साथै उहाँले दिएको योगदान प्रति आभार प्रकट रहेको र वहा प्रति प्रदेश का मुस्लिम समुदायले जन्नत माआला मुकाम पाउनको लागी प्रार्थना गर्दै शोकाकुल परिवारको साथमा प्रदेश न. ५ मदरसा बोर्ड परिवार साथमा रहेको बोर्डका उपाध्यक्ष मौलाना मसहूद खा नेपालीले बताए ।