कोरोना भाइरसको संक्रमणले चीनमा ४१ को मृत्यु
काठमाडौं ,कोरोना भाइसरका कारण चीनमा मृत्यु हुने मानिसको संख्या ४१ पुगेको छ ।
चीनको हुवेई प्रान्तमा १५ जना संक्रमितको पनि मृत्यु भएपछि कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या बढेको हो ।कोरोनाको सुरुवाती बिन्दु मानिएको चीनको बुहानमा सबै सार्वजनिक यातायात बन्द गरिए पनि संक्रमण रोकिएको छैन । बरु अझ फैलदै गएकोमा चीन सरकार चिन्तित बनेको छ ।
कोरोनाका संक्रमितको संख्या समेत बढ्दै गएको छ । शनिबार बिहानसम्म १ हजार २ सय ८७ मानिसलाई कोरोनाको संक्रमण भएको पुष्टी भएको छ ।उनीहरुको अवस्था समेत चिन्ताजनक भएको बिबरणहरु सार्बजनिक भएका छन । बीबीसीका अनुसार कोरोनाले महामारीको रुप लिदै गएको तथा संसारभर फैलदै गएको छ ।
फ्रान्समा समेत ३ जनामा कोरोनाको संक्रमण पुष्टी भएपछी कोरोना भाइरस यूरोपमा समेत फैलिएको स्वास्थ्य अधिकारहरुले जनाएका छन । अहिलेसम्म कोरोनाको संक्रमण दक्षिण कोरिया, थाइल्याण्ड, सिंगापुर, अमेरिका, मलेसिया, भियतनाम, ताइवान, जापान, नेपाल लगायतका मुलुकहरुमा देखा परिसकेको छ भने बेलायत र क्यानाडामा समेत संक्रमणका संकास्पद व्यक्तिहरु देखा परेपछि परिक्षण प्रकिया शुरु गरिएको छ ।