गाई काटेको आरोपमा दुई जना पक्राउ
प्रकासित मिति : २०७६ माघ १०, शुक्रबार २१:५०
प्रकासित समय : २१:५०
इटहरी, गाई काटेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
सुनसरीको हरिनगरा गाउँपालिका–२ भुटाहाका ४५ वर्षीय सदुल अन्सारी र हरिनगरा–४ का ४२ वर्षीय लुकमान अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।शुक्रबार बिहान सदुल अन्सारीको घरमा गाई काटेको सूचनाका आधारमा खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । सदुलको घरबाट गाईको टाउको, खुकुरी र अचानोसहित दुवै जनालाई नियन्त्रणमा लिएको सुनसरी प्रहरीले जनाएको छ ।