जब वन कार्यालयको रेलिङमा मृग अल्झियो

रुकुम,रुकुम (पूर्व) को डिभिजन वन कार्यालयमै मृग भेटिएको छ । सिस्ने गाउँपालिका–५ को लाम्पाटास्थित डिभिजन वन कार्यालय बसेको घरको रेलिङमा अल्झिएको अवस्थामा दारे (भाले) मृग फेला परेको हो ।

घरको रेलिङमा टाउको अल्झिएर निस्कन नसकेको अवस्थामा मृग फेला पारिएको थियो । रेलिङमा टाउको अडिएको र निस्कन अनेक प्रयास गर्दा मृगको टाउकामा गहिरो चोट लागेको छ । मृगको मुखबाट रगत पनि बगिरहेको छ । टाउकोमा चोट लागेको मृगको उपचार चलिरहेकोे डिभिजन वन कार्यालय रुकुम (पूर्व)का डिभिजन वन अधिकृत बेसिन्द्रराज सुवेदीले बताए ।