न्यौपानेले दिए इलाका प्रहरी कार्यालय पचालझरनाका लागि निशुल्क जग्गा

कालिकोट,कालिकोट पचालझरना गाउँपालिका वडा नंं ४ निबासी दुर्गा प्रसाद न्यौपानेले इलाका प्रहरी कार्यालय पचालझरनाका लागि निशुल्क जग्गा उपलब्ध गराएका छन । ५६ वर्षिया न्यौपानेले इलाका प्रहरी कार्यालय पचालझरनाका लागि निशुल्क जग्गा प्रदान गरेका हुन ।

मंगलबार ३२५ वर्गमिटर जग्गा प्रहरी चौकीको लागि न्यौपानेले हस्तान्तरण गरेका हुन । न्यौपानेले करिव २ लाख ५० हजार पर्ने मुल्य वरावरको जग्गा जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख श्यामबाबु ओलियालाई जग्गाको लालपुर्जा हस्तान्तरण गरे ।