नवजात शिशुको शव फेला

दैलेख ,जिल्लाको चामुण्डा बिन्द्रासैनि नगरपालिका २ चाल्लेमा नवजात शिशुको बेवारिसे शव भेटिएको छ।

चाल्ले जंगलमा असुरक्षित गर्भपतन गराई कार्टुनमा हालेर फालेको अवस्थामा बच्चाको शव भेटिएको नगरपालिकाकी उपप्रमुख तारा शाहीले जानकारी दिइन्।

करिब ६ महिने गर्भस्थ शिशुको शव भेटिएपछि ईलाका प्रहरी कार्यालय दुल्लुले घटनास्थलमा प्रहरी टोली खटाएको छ। घटनाबारे अनुसन्धान गर्न प्रहरी टोली खटाइएको प्रहरी निरक्षक हिक्मत बहादुर बोहराले जानकारी दिए।