नासुको जागिर लगाइदिने भन्दै ठगी गर्ने एक युवक पक्राउ

कैलाली, प्रहरीले कैलालीबाट युवतीलाई जागिर लगाइदिने भन्दै ठगी गर्ने एक युवकलाई आज पक्राउ गरेको छ ।डोटी जिल्ला साविकको कालिका स्थान गाविस–२ घर भई कैलालीको गोदावरी नगरपालिका–२ बस्दै आएका २७ वर्षीय तुलाराम कोलीलाई ठगी आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिए ।

गौरिगंगा–७ की रत्ना बोहोरा (धामी) समेतका २०/२१ जनालाई भेला गरी आफू युएनडीपीको कर्मचारी रहेको र कम्प्युटर, ब्युटिपार्लर, सिलाइकटाइको काम गर्ने तालिम दिने भन्दै अनलाइन फाराम भर्न लगाई विभिन्न बहाना गरी धनगढी स्थित खाद्य संस्थानमा नासुको जागिर लगाईदिने भनी रु एक लाख, असी हजार १७० ठगी गर्ने कोलीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक कार्कीले बताए । रासस