उपमहानगरपालिका अन्तर्गतका वडा अध्यक्ष र सचिबको सपथ ग्रहण सम्पन्न

नेपालगञ्ज, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को नेपालगञ्ज उपमहानगर कमिटी अन्तर्गतका वडाका अध्यक्ष र सचिवहरुको शुक्रबार सपथग्रहण भएको छ ।नेकपाका केन्द्रीय सदस्य महेश्वर गहतराज र पूर्णाकुमारी सुवेदीको उपस्थितीमा जिल्ला अध्यक्ष आईपी खरेलले सवै वडाका अध्यक्ष र सचिबहरुको सपथग्रहण गराएका हुन् ।

कार्यक्रममा सचिव अशोक कोइराला, नगर कमिटीका अध्यक्ष डिल्ली बराल, सचिव दत्तप्रसाद आचार्य लगायतले पार्टी एकताको काम टुंङ्गिसकेका कारण अब वडा र टोल स्तरमा अभियानको रुपमा जान लागिएको बताए ।