माघिको अवसर पारेर उज्जर गोनियाको छायाङकन हुँदै

नेपालगन्ज , उज्जर गोनियाको छायाङकन भोली हुने भएको छ । नेपालगन्जको बिभिन्न स्थानमा उज्जर गोनियाको छायाङकन हुने भएको हो । चर्चित थारु गायक विश्व सागर परियारले मोडल गर्ने गोनियामा धमाकेदार प्रस्तुती रहेने दावी गरिएको छ । त्यस्तै उज्जर गोनिया कालपेटी कानेमा झिल्मिलिया भन्ने बोलको म्युजिक भिडियोमा ३ जना चर्चित चर्चित मोडलहरु खेल्ने भएका छन् ।

बाँकेको बैजनाथ गाउँपालिका वडा नं ५ छप्कहिया गाउँमा उज्जर गोनियाको छायाङकन सोमवार देखि हुने भएको छ । थारु समुदायको महान पर्व माघे सक्रान्ति माघलाई लक्षित गरि गायक तथा मोडल विश्वसागर परियार, चर्चित मोडल विवश चौधरी र मोडेलमा चर्चित मोडेल सुनिता दहितको मुख्य भुमिका रहने गायक तथा मोडल परियारले जानकारी दिए ।  उज्जर गोनियामा चर्चित चर्चित कलाकारहरुको मुख्य भुमिका रहेको भएको हुनाले गितले धमाका मच्चाउने आशा रहेको गायक परियारले भने ।

थारु समुदायको चर्चित मोडल विवश चौधरी सय भन्दा बढि नेपाली, थारु, हिन्दी भोजपुरी गितमा मोडल गरिसकेका छन । भने गायक तथा मोडल विश्व सागरले थारु फिल्ममा नायक, मोडल र थारु गित संगितमा २ दर्जन बढि चर्चित चर्चित गितमा स्वर दिएका छन ।

यस्तै उज्जर गोनियाका मोडेल सुनिता दहित पनि थारु समुदायका एकछत्र राज गर्ने मोडेलको रुपमा परिचित हुनुहुन्छ । मोडेल दहितले ३ दर्जन म्युजिक भिडियोमा मोडेलको भुमिका निभाइ सकेका छन । उनले खेलको म्युजिक भिडियो धेरैले रुचाउने गरेको दर्शकहरु बताउँछन् ।

तिनै जनाको चर्चाको हिसावले पनि गाना उस्तै चर्चा आउने विश्वास रहेको छ । धेरैपछि मोडल विवश र सुनिता दहितको जोडी बजारमा आएपछि दर्शक खुसी भएका छन् । केही समय उनिहरु फरक फरक मोडल, मोडेलसंग भिडियोमा खेल्दै आएपछि दर्शकको गुनासो समेत रहेको थियो ।

उनिहरुको जोडी पुन सिएस फिल्म र गायक विश्व सागर परियारले मिलाउन सफल भएका छन् । अव एक पछि अर्को गितमा मोडल विवश र सुनिताको जोडी देख्न सकिने ।