कुसेन्युजले सुर्खेतमा तेस्रो वार्षिक उत्सव मनाउँदै, मुख्यमन्त्री शाहीले संवोधन गर्ने

काठमाडौँ । अनलाइन पत्रिका कुसेन्यूज डटकमले आफ्नो तेस्रो वार्षिक उत्सव कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मनाउने भएको छ । गुडलिंक मिडियाद्वारा संचालित कुसेन्यूजले आफ्नो तस्रो वार्षिकउत्सब बिरेन्द्रनगरमा मनाउने भएको हो ।

यसअघि मिडियाले पहिलो वर्ष काठमाडौँ र दोस्रो वर्ष नेपालगन्जमा वार्षिक उत्सव मनाएको थियो । पर्यटन वर्ष २०२० सन्दर्भ पारी कुसेन्यूजको तेस्रो वार्षिकी बिरेन्द्रनगरमा मनाउन लागेको प्रबन्धक किस्मत सेखले जानकारी दिएका छन् । शेखका अनुसार कार्यक्रम सुर्खेतको भ्याली भ्यू होटलमा आयोजना गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सांसद गणेश सिंह लगायतका अतिथिहरुको उपस्थीति रहने बताइएको छ । कार्यक्रममा कर्णाली प्रेस स्वतन्त्रता, अभिब्यक्ति स्वतन्त्रता, कर्णाली पर्यटन र विकासका लागि अन्तरक्रिया समेत गरिने जनाइएको छ ।