छोरी र बुहारीलाई करोड छात्रवृत्ति

घरको काम, छोराछोरी स्याहार्नेदेखि लिएर अनेकौं काममा घरमै अल्झिन बाध्य छन् बुहारी । यसै क्रममा शिक्षा क्षेत्रमा प्रदेश–३ सरकारले नयाँ योजना अघि सारेको छ ।

सामाजिक विकास मन्त्रालयले उच्च शिक्षा पढ्न छोरी/बुहारीलाई छात्रवृत्ति दिने नयाँ योजना अघि सारेको हो । योजना अघि सारिएसँगै अब छोरी/बुहारीलाई केही राहत मिल्ने देखिन्छ ,चालू आर्थिक वर्षमा बजेट विनियोजन गरी छोरी/बुहारीलाई उच्च शिक्षा पढ्न छात्रवृत्ति उपलब्ध गराउन शिक्षा विकास निर्देशनालयलाई जिम्मा दिइएको मन्त्रालयले जनाएको छ ।

सामाजिक मन्त्रालयले विनियोजन गरेको बजेटमा शिक्षा विकास निर्देशनालयले ४ सय छोरी/बुहारीका लागि १ करोड छात्रवृत्ति वितरण गर्ने जनाएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा रोशन पराजुलीले लेखेका छन् ।