यस्तो थियो राष्ट्रपति भण्डारीसँग भारतीय राजदूतको बिदाइ भेट
काठमाडौँ,राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालमा आफ्नो कार्यकाल पूरा गरी कूटनीतिक सेवाबाट निवृत्त हुन लागेका नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा शिष्टाचार बिदाइ भेट गरेका छन्।

त्यस अवसरमा उनीहरुबीच नेपाल–भारत सम्बन्ध, आपसी हित र चासोका विषयमा विचारविमर्श भएको थियो। आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि उनले बिदाइ भेट गरेका थिए। भेटका बेला दुई देशबीचको शताब्दीऔँ पुरानो सम्बन्ध, पारस्परिक साझेदारी र सहकार्य लगायत समसामयिक विषयमा छलफल भएको थियो।
प्रधानमन्त्री ओलीले राजदूत पुरीलाई स्नेहोपहार पनि प्रदान गरेका थिए। दुवै भेटमा राजदूत पुरीका साथ उनीकी श्रीमती पनि थिइन्।
सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि राजदूत पुरीले बिदाइ भेट गरेका थिए। सन् २०१७ को २६ मार्चदेखि भारतीय राजदूतको रुपमा सेवा गरेका उनी १ जनवरी २०२० मा स्वदेश फर्कँदै छन्।

