महिला रोजगारी र यसका विकृति !
विश्वमा महिलाले आधा संसार ओगटेका छन् । महिलाहरुले अधिकार मागेका पनि छन्, महिलाहरुले संसार बनाएका पनि छन्, तिनै केही पुरुषबादी महिलाहरुले हत्या, हिंसा, बलत्कार गराएर चलेका पनि छन् । कतिपय महिलाहरु म तल पर्छु की भनी अर्को महिलालाई सिकार बनाएर आफूहरु उठेका उदाहरण धेरै छन् ।
कति त बलत्कारी, दलाली, राजनैतिक परिपाटी र कतिपय महिला समूहले सदस्य बनाएर यस्ता हर्कत गरेको पनि पाइन्छ । तर पुलिस रमिते भएर बसेको हुन्छ । अनि सरकारले नै कारवाही गर्र्दैन । हामी जस्ता महिलाले जागिर खादा खेप्नुपर्ने सास्ती दुव्र्यवहार, हेपाई, अश्लिल बोली, गालीगलौज, शारीरिक वा मानसिक तनाव हामीलाई असैय हुन्छ । महिलाहरु बलत्कारका शिकार नभएका छैनन् ।
शैक्षिक काममा लगाउँदा पनि महिलाहरुलाई जिस्काउने, जिस्कने जस्ता पात्र बनाएका हुन्छन् । यसरी नेपालमा महिलालाई त्यति हुँदा पनि चुप लागेर सहेर बस्नु पर्ने , बिद्रोह गरे निकाल्ने परिपाटीले गर्दा शैक्षिक माफियाहरु उकालो लाग्छन् । अर्कोतिर महिलालाई राजनैतिक दवाव दिइन्छ ।
आफ्नोदेखि परसम्मका मानिसहरुबाट यो परिपाटीले नेपालमा हामीजस्ता महिला दिदी बहिनीहरु सुरक्षित भएर र स्वतन्त्र रुपमा काम गर्न अप्ठारो छ । कुनै एक पार्टीका महिलालाई अर्कोले उठ्न नदिने, आफन्तदेखि परसम्म काम गर्दा शारीरिक, मानसिक दबाव दिने गरी पागल बनाउन खोज्दछन् । नेपालमा स्वतन्त्र रुपमा काम गर्न पाइदैन । आफन्तदेखि परसम्मका मानिसहरुले राजनैतिक दाउपेजमा काम गर्छन । कुनै सक्षमता नेहेरीने जस्ता कार्यले शिक्षामा बिकृति अति नै मौलाएको छ ।
शैक्षिक माफियाहरुले उनीहरुका लागि नियम बनाएका छन् । रित्ता पत्रहरु, कागजहरु पेस गराउनु पर्ने बनाउछन् । अनुभव र ज्ञान हुँदाहुँदै अध्यारो कोठरीमा थन्किनुपर्ने अवस्थामा मौलाएको शैक्षिक विकृति कहिले सम्म हो ? शैक्षिक प्रमाणपत्र कहिले सम्म कोठामा थन्काएर राख्ने हो ? विडम्बना छ ।
शब्दहरुलाई बन्द गराउने र दबाएर काम गर्नुपर्ने । विद्रोह गरे जागिर खोसिने । उच्च पदमा बसेकाले हेप्ने प्रबृतिले हामीजस्ता सोझा महिलालाई इमान्दारीपूर्वक काम गर्न अप्ठेरो परेको पाइन्छ । दलाल, शैक्षिक माफिया र भष्ट्र राजनीतिकहरुले नै ति माफियालाई उकास्ने, पद दिने र सोझा महिलालाई हेप्ने, बोल्न नदिने गरेर मुख बन्द बनाएको पाइन्छ । ईमान्दार स्वतन्त्र व्यक्तिलाई बेइज्यत गर्ने, अनावश्यक रुपमा गल्ती केलाउने शैक्षिक माफियाहरु लाई बिभिन्न राजनीतिक दलले आश्रय दिएको पाइन्छ ।
स्वतन्त्र भएर काम गर्न गाह्रो छ । वास्वतमा शिक्षा,स्वास्थ्य, र शैक्षिक निकायहरु बराबर र निष्पक्ष हुनुपदर्छ । तर यहाँ हस्तक्षेप, अनैतिकता र अश्लिलता मौलाएको पाइन्छ । शैक्षिक संस्थाहरु अश्लिलता र जोकको खानी बनी हामीजस्ता नारीलाई अपमान गर्दछन् । यी शैक्षिक माफियाहरुलाई निकालेर सहजताको जागिर र जीवन कहिले ल्याउने ? शिक्षामा व्यवहारिक ता र स्वतन्त्रता छैन । घुष खाएर पास बनाएका कति उदाहरण छन् ।
शैक्षिक माफियाहरुले उनीहरुका लागि नियम बनाएका छन् । रित्ता पत्रहरु, कागजहरु पेस गराउनु पर्ने बनाउछन् । अनुभव र ज्ञान हुँदाहुँदै अध्यारो कोठरीमा थन्किनुपर्ने अवस्थामा मौलाएको शैक्षिक विकृति कहिले सम्म हो ?
तर उदारवादी र स्वतन्त्रततालाई निकाली शिक्षामा यही प्रकृतिले बिद्यार्थीहरु उस्कन सकेका छैनन् । अति नै दुःख र संघर्ष गरी आएका बिद्यार्थीमाथि तानाशाह गर्ने, आफ्ना छोराछोरीलाई प्रश्नपत्र बाहिरीए पनि केही नहुने जस्ता हर्कतले शिक्षामा घोटाला र भष्ट्र काम गरेका छन् । आजका बिद्यार्थी भोलिको राष्ट्रका कर्णधार हुन् । शिक्षामा अति तानाशाही भएर काम गर्नु पनि हुदैन । आजभोलि शिक्षामा राजनैतिक माफिया करण मौलाएको छ ।
बिद्यार्थीप्रति उदारवाद हुने शिक्षक, शिक्षिकालाई तनावका शिकार बनाउने माफियाहरुले बोल्न र सिकाउन जान्र्दैनन् । शिक्षा एक खेलौना होइन, शैक्षिक पेशा एक डान्सबार जस्तो जिस्कने, नाच्ने संस्था होइन । त्यसैले संयन्त्रित भएर काम गरौं । जागिरको नाममा अश्लिता, सुरक्षा, बलत्कार,हिंसा आफ्नादेखि परसम्म अनि केही साथिहरुको माध्यमबाट हुन्छ । यो प्रवृति कहिले सम्म हो ? यस खालका बिकृतिभित्र नातेदार र अरु अन्य केही साथीभाइहरु हुन्छन् ।
तिनै गुठबन्दीहरु राजनीतिमा खेलेर मजस्ता नारीलाई नक्कली बनाउँदै दलालीकरणको नोकरी गरी रहेका छन् । त्यसमाथि परिवार भाड्ने माफियाहरुले जस्तोसुकै कार्यमा हैकम जमाउने कार्य भइरहेको छ । तर आजसम्म सरकारले ति माफियाहरुलाई खै कारवाही गरेको ? आजकाल यही परम्परा चलेकोे गाउँदेखि शहरसम्मको राजनीति । अब शैक्षिक माफियालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय करण गरी कारवाही हुनुपर्दछ । तर शैक्षिक माफियाहरु सबै राजनीतिक पाटीका खल्तीमा पसेर अवसरवादी चाल चालिरहेका हुन्छन् । त्यसकारण कोही छैन यहाँ निष्पक्ष भएर शैक्षिक ओहदामा बस्नेहरु ।
शिक्षामा रोजगार सुरक्षित हुनुपर्छ । अनुशासित नैतिकताको शब्दहरु बोलिनु पर्दछ । माफियाहरुको अवसरवादी राजनीतिमा हामीजस्ता नारीहरु सुरक्षित हुनसक्नु पर्दछ । जहाँ बिद्रोह गरिन्छ त्यहाँ समर्थन हुँदैन व्यक्तिहरुले शिक्षाको बारेका एक पटक बिचार गरे हुन्थ्यो की ? NEB देखि विश्वबिद्यालयसम्म चरम राजनीतिक छ । हिंसा, बलत्कार गराउने शैक्षिक माफियाहरु सोझासाझालाई अपराधी बनाउन खोज्दछन् ।
के यो राजनीतिक परिपाटी राम्रो छ ? NEB र TU को लापरवाहीले आज राजनीतिक करण भएको छ । प्रमाणपत्र कोठामा थन्काएर बस्नुपर्ने बिडम्बना पनि आएको छ । शिक्षा र शैक्षिक, रोजगार कसैको पेवा होइन, कसैको सम्पत्ति होइन । यहाँ समानता हुनुपर्छ । हस्तक्षेप होइन । असत्यताका बिरुद्ध बिद्रोह गर्नुपर्छ । बिज्ञ नै नभएको देशमा नियम बनाउँछन् आफ्नो स्तरअनुसार । यही हो शिक्षाको समानता ? यी प्रश्नहरु तल्लो तहका शैक्षिक कार्यालयदेखि माथिल्लो शैक्षिक निकायसम्म लागि परेको हुन्छ ।
सत्य र निष्पक्ष हुनु पर्यो काम गर्ने निकाय र अधिकारवाला पक्ष । शिक्षामा रोजगार सुरक्षित हुनुपर्छ । अनुशासित र नैतिकताको शब्द बोलिनु पर्छ । माफियाहरुको राजनीतिक चालमा हामीजस्ता संघर्षशील नारी सुरक्षित हुँदैनौं । डाहा, रिसले पद खोसिने र बेइज्यत गर्नेलाई कारवाही हुनु पर्दछ । आजभोलि केही शैक्षिक माफियाहरुबाट हातका कमल खोस्ने, धम्कि आउँने गर्दछन् । सानो मिस्टेक लाई ठूलो बनाउने काम पनि इरहेका छन् ।
सेक्स र अश्लिलताको शिक्षामा रमाएको शैक्षिक माफियाहरु का अगाडी लेखकलाई बदनाम गर्ने स्रोत पनि नेपालमा रहेका छन् । आज तिनलाई कारवाही हुनुको साटो पोस्ने र पद दिने काम भइरहेको छ । माफियाहरुले आजभोलि सक्कलीलाई नक्कली बनाउँछन् । त्यसकारण देशका क्षमतावान र योग्य उम्मेदवारलाई खाल्टोमा फालेर आफ्ना आसेपासे र अयोग्य, असक्षम उम्मेदवारलाई मौका दिन खोजिए पछि कसरी हुन्छ शिक्षाको विकास ? यस कारण आजै देखि शैक्षिक माफियालाई समयमै चिनौ र बहिस्कार गरौं ।
पैंयू गाउँपालिका(७, पर्वत हाल ः कृर्तिपुर