असफल पुँजीवाद र मार्क्सवादको बैज्ञानिक पुष्टि

समय र परिस्थिति अनुसार बस्तुको सहि शंस्लेषण र बिश्लेषण गरेर त्यसलाई बदल्नु दन्द्भबाद हो । – कार्ल मार्क्स
समाज बिकासको लामो इतिहास अध्यन गर्ने हो भने बाच्नको लागी प्राकृति हुँदै आफैले निर्माण गरेको परिधिसँग युद्धको लामो संघर्ष गरेर अघिअघि बढेको हो ।

जब समाजले परिधिभित्र युद्धको थालनी गर्‍यो तबमात्र उसले सभ्यताको ब्यबस्थापन समेत गर्दै आयो । मानव सभ्यताको इतिहासमा जब उत्पादन र बितरण जहासम्म सम्मान थियोे । त्यहासम्म युद्धमा समाज थिएन ,जब राज्यको नियन्त्रणमा जनतालाई केन्द्रित गरेर असमान उत्पादन र असमान बितरण भयो । त्यहीँबाट संमानताको लागि युद्धको सुरुवात भएको हो । जसको बैज्ञानिक हल भनेको संमान उत्पादन र सम्मान बितरण हो ।

यो दृष्टिकोण माक्र्सवाद बाहेक अहिलेका हरेक बिश्व राजनीति परिवर्तनको इतिहासमा छैन । जस्ले बिश्वब्यापी तिब्र असन्तुष्टि कुण्ठा क्रोध र आडम्बर उत्पादन गराउने परिस्थिति कसरी अगाडि बढिरहेको छ । त्यो अनुसार सामाजिक परिवर्तनको लागि राजनीति चेतना अगाडि बढ्योकी नाइ त्यो महत्त्वपूर्ण बिषय बन्छ ।

मानव सभ्यताको बिकास बनोट र बिनासको सहि मुल्यांकन नगरी जबर्जस्त समाजलाई परिवर्तन गर्न सकिन्छ । भन्ने चिन्तनले थप समाजमा गलत संरचनाहरू निर्माण र बलिया बन्ने खतरा बढेर जान्छ । बिश्व समाज औद्योगिक पुँजिबादबाट एकाधिकार पुँजिबाद उदार पुजिबाद तथा ब्यापारिक पुजिबादका रुपहरु पार गरेर भुमण्डलिकृत पुजिबादमा प्रबेश गरेको छ ।

यो अबस्थामा अबिकसित तथा गरिब राष्ट्रका राष्ट्रिय पुजिलाइ दलाल पुजिमा परिनत गराउँदै उत्पीडित राष्ट्र जनता र श्रमिक बर्गको बैधानिक रुपले श्रम शाेषण गरिरहेको छ । यतिबेला भुमण्डलिकृत पुजिबादले बहुराष्ट्रिय पुजिबादको माध्यमबाट बिकास र समृद्धिको रुपधारण गरेर सामाजिक अन्तरबिरोधलाइ अर्को युद्धमा परिनत गराउने प्रयत्न गरिरहेको छ ।

यो अबस्थामा माक्र्सवादी सिद्धान्तमा थप बैज्ञानिक बहसको अनिवार्य बनेको छ । समाजको बैज्ञानिक हल र मुक्तिको लागी मात्रै होइन बिकास र बिनासको कारण अबको यो भुमन्डलिकृत पुजीवाद बन्ने देखिन्छ । उत्पीडित राष्ट्र र त्यहाँका जनताको जिबनस्तर अरु कमजाेर बनाउन राष्ट्रिय पुँजिलाइ दलाल पुँजिबादमा परिणत र मध्यम बर्गलाइ मजदुर बर्गमा परिनत गरेर श्रमसोषण गरिरहेको यो अबस्थामा पुजीवादी राजनीति आर्थिक क्रान्तिका माध्यमबाट समाजबादको परिकल्पना गर्ने चिन्तन अत्यन्तै आदर्शबादी रुडिबाद र पछौटे चिन्तन हो।

पुजिबादका रुपहरु र सामाजिक अन्तरबिरोधहरु

समाजमा बर्गिय उत्पीडनसँगै समाजमा उत्पन्न अन्तरर्विरोध र त्यस्को बैज्ञानिक हल माक्र्सवादमा खोजिएको छ ।औद्योगिक पुजीवादी युगमा मजदुरबर्गको संघर्सको माध्यमबाट उत्पीडित बर्गको मुक्ति दिलाउन सकिन्छ । भनेर ब्याख्या गरिएको छ । त्यतिबेला सत्य के थियोे भने औद्योगिक मालिक र श्रमजीवी श्रमिकबर्ग बिचमा चरम अन्तरबिराेध चुलिएको थियोे । ठिक त्यतिबेला सामाजिक आन्तरबिरोधलाइ हलकोलागी माक्र्सवादको बिश्वब्यापी मान्यतालाइ अहिले अध्यन गर्ने हो भने थप यथार्थपारक बैज्ञानिक पुष्टि हुन आउँदछ ।

कार्ल माक्र्सको युगमा प्रतिस्पर्धाधमक पुजीवाद थियोे त्यस्को रुप ब्यापारीक पुजिबाद थियोे लेनिनको युगमा एकाधिकार पुजिबाद थियोे । त्यो संभवतः चीनिया नौलो जनबादी क्रान्तिको युगसम्म यथावत रहेकोे सत्य हो । त्यसपछि अहिले २१औं सताब्दी बिज्ञान र प्रबिधिको युगले एकाधिकार पुजिबादलाइ भुमण्डलिकृत पुजिबादमा परिणत गरिदिएको छ । त्यसैले माक्र्सवादको थप बैज्ञानिक पुष्टिको हुँदै गएको अवस्था हो।

प्रतिस्पर्धात्मक पुजिबाद भित्र मजदुर बर्गको आन्दोलन अतः अतिरिक्त मुल्यको सिद्धान्त अनुसार निरन्तर वर्गसंघर्षको सिद्धान्त सर्बब्यापी सार्बभौम बनेको हो । औद्योगिक पुजिबादले सामन्तबादसग एकता सघर्ष र रुपान्तरणको माध्यमबाट प्रतिस्पर्धा गरेर ब्यापारिक पुजिबादमा बिकास गर्ने छ ।

त्यहाँ श्रमजीवी बर्ग मध्यम बर्ग अभिजात बर्गबिचमा निरन्तर क्रान्तिका सिद्धान्त रहिरहनेछन भनेर माक्र्सवादमा भनिएको छ । अर्को महत्त्वपूर्ण कुरा औद्योगिक पुजिबाद र ब्यापारिक पुजिबादको अन्तरसंघर्सको कारण वर्गसंघर्ष बलियो बन्नेछ । त्यस्को सफल प्रयोग रसियन अक्टोबर क्रान्तिले गरेको पाइन्छ ।

त्यसपछि लेनिनको युगमा बिश्व साम्राज्यवादले नयाँ मोडेल तयार गर्‍यो जसअनुसार एकाधिकार पुजिबादमा बिश्व प्रवेश गर्‍यो एकाधिकार पुजिबादले सिदै राष्ट्रिय पुजिबादमाथी हस्तक्षेप गर्‍यो राष्ट्रिय पुजिबाद र एकाधिकार पुजिबाद बिचमा चर्को अंतर्विरोध खडाभयो परिणामस्वरूप जतिबेला नौलो जनबादी क्रान्तिको माध्यमबाट सर्बहाराबर्गको राज्यसत्ता स्थापना गर्न चिनमा सफल भयो ।

भुमण्डलिकृत पुजीवाद र यसका रुपहरु

भुमण्डलिकृत पुजिबाद समाजबिकासको चरणसगै विकसित बिज्ञान प्रबिधिको युग हो सरल भाषामा भन्दा विश्वभरीका उत्पीडित राष्ट्र र श्रमिक समुदायमाथी संसारको कुनै एक मालिकले श्रम शोषन गर्न सक्ने युगलाइ मान्नुपर्छ ।अहिलेसम्म उत्पीडित राष्ट्र समुदाय र उत्पिडक राष्ट्र र बर्गले श्रम शोषण गरिरहेको छ यसका रुपहरु विभिन्न छन ।एकाधिकार पुजिबादले राष्ट्रिय पुजिबादसग लडेर आफू जिवित अस्तित्वमा रहिरहन संघर्स गर्नुपर्थ्यो भने भुमण्डलिकृत पुजिबादले ससाना राष्ट्रिय पुजिपतिलाइ एकीकृत गरेर बहुराष्ट्रिय पुजिको माध्यमबाट राष्ट्रिय पुजिलाइ दलाल पुजिमा परिनत गर्दछ ।

जस्ले हरेक ब्याक्ती ब्यक्तिलाई आफ्नो बारेमा सोच अर्काको बारेमा चासो नराखको सिद्धान्त अपनाउन लगाउने गर्दछ । स्वार्थसिद्ध पुजिबाद पनी भन्न सकिन्छ । जस्को रूपमा समृद्धिको फर्जी उत्पादन र बितरणको नियन्त्रणमा समाजलाई डोर्‍याउने गर्दछ । बाताबरण सौर्न्दर्य दृष्टिबाट बिकसित देखिन्छ । तर सामाजिक विभेद बर्गिय यथार्थमा एक घर अनेक समस्याको उत्पादन बढेर आउँछ अनेक समस्या भित्र कुन्ठा र निरासाको पैदा गराउन उद्दत पुजिबादनै भुमण्डलिकृत पुजिबादको उदेश्य रहन्छ ।

एउटामात्र उधारणकोलागी मोबाइलको प्रयोगलाई लिन सकिन्छ एउटा मालिकले परिस्थिति अनुसार थरीथरीका मोबाइल उत्पादन गरेर बजारमा ल्याउछ । त्यसको प्रयोग श्रमिक देखि पुजिपतिसम्मले संमान प्रयोगमा ल्याउछन बिडम्बना उत्पादन कर्ता मलिकले बितरणको मुनाफाले मोबाइलको प्रयोग गरिरहेको हुन्छभने श्रमजीवी श्रमिकले प्रयोग गर्नका लागि आफ्नो चल अचल सम्पती त्यही उत्पादनकर्तासग बन्धकी राखेर विकसित मुलुकमा रोजगार गरेरमात्र प्रयोग गर्नुपर्ने बाध्यता निर्माण गरेका छन ।

यस्ता बहुराष्ट्रिय दलाल पुजिबादले भुमन्डलिकृत पुजीवादको नौलो स्वरुप निर्धारण गरेको छ । यस्लाइ बैज्ञानिक तवरले बुझ्न नसक्नु माक्र्सवादी तथा बौद्धिक मानव समाजमाहरुमा गम्भीर समस्या देखिन्छ । एकातिर माक्र्सवाद असफल भयो झन्डै १८औं सताब्दिको दर्शनको कोणबाट २१औं सदिमा बिकासहुन सक्दैन ।

भन्नू र अर्कोतिर झन्डै आठ हजार बर्ष पुरानो बर्ग धरातलमा बिकसित भएर रुडिबादमा हुर्केको संसदिय प्रजातन्त्रको जगबाट मानव समाजमा सम्मान मानव सभ्यताको परिकल्पना गर्नुभनेको पुजिबादले निम्त्याएको चरम असमानताको उत्सर्गको कारण युद्धबाट मानव सभ्यताकोनै बिनासगर्ने अबैध कसरत हो भन्न सकिन्छ । अब समाज बिकास र संमान सभ्यताको एकमात्र विकल्प बैज्ञानिक समाजबाद हो । काल्पनिक समाजबाद र प्रतिक्रियावादी समाजबादको कसरत गरेर बैज्ञानिक समाजबादी क्रान्तिलाई रोक्ने तवर तरिका जतिसुकै गरेपनी मानव जगतमा युद्धको समुल अन्त्य र सामाजिक सहिष्णुताको बैकल्पिक शक्ति बैज्ञानिक समाजबाद हो।

मार्क्सवादको प्रयोगमा युबाहरुको भुमिका ।

संसारका झन्डै तेह्र चौध देशहरूले माक्र्सवादको प्रयोग गरिसकेको ऐतिहासिक तथ्य छन । जहाँ कम्युनिस्ट सत्ता असफल समेत भएकोपनी तितो यथार्थ हो । यहि कुरालाइ धुरी बनाएर प्रतिक्रियावादी शक्तिहरूले माक्र्सवाद असफल भयो भनेर ढवाङ्ग पिट्नु कुनै अनौठो होईन ।

हामीले बुझ्न जरुरी के छ भने जतिसुकै असफलता ब्यहोर्नु परेको छ त्यो सब राजनीति कार्यदिशा गलत हुनु र राजनीति पक्छ्यमा अनुभव र जडसुत्र बादको प्राकास्ट हो । माक्र्सवादको सैद्धान्तिक आधार बिश्वको झन्डै दुइतिहाइ भूगोल र जनसमुदायमा आसाको केन्द्र बनेको यथार्थ हो । अब एउटा चिन्ता र चासो के हो भने माक्र्सवादको प्रयोग गर्दा माक्र्सवादीहरुले किन असफलता बेहोर्नु पर्छ त्यसको गम्भीर बहसहुन आबस्यक छ ।

कम्युनिस्ट सरकार निर्माण पछि सामाजको निर्णय सरकारले कार्यनयन हुनुपर्ने हो जहाँ सरकारले निर्णय समाजले कार्यनयन गर्दा सरकारको काबुबाट समुदाय कुन्ठितरुपमा टाढा बन्नुपरेको र जुन बितृष्नाको कारण यथास्थितिवादीहरुको पुन उदय भएको हो ।

समाजबादमा सामाजिक निर्णय र सरकारले कार्यनयन गर्नुपर्ने सैद्धान्तिक मान्यतामा आधारित समाजबादनै टिकाउ हो जुन परिनती रसियाको कम्युनिस्ट पार्टीको इतिहास अध्यनले समेत प्रमानित गरेको छ। अबका माक्र्सवादी युबाहरुले रुस,चीन,भियतनाम कम्बोडिया जस्ता मुलुकहरूको इतिहास अध्यनलेमात्र माक्र्सवादको सहि रूपमा स्थाइ प्रयोग गर्न सकिदैन किनकी अहिलेको बिश्वब्यापी समाजको बिकासक्रमको ऐतिहासिक भौतिकबादी अध्यन र ब्याख्या गर्ने हो भने बिज्ञान प्राविधि उत्पादनका साधन उत्पादन शक्ति बितरन प्रणाली भुमण्डलिकृत दलाल पुजीवादी सैलिमा आधारित छ । त्यसलाई क्रस गर्न माक्र्सवादमा थप बैज्ञानिक कार्यसैलिको अनिवार्य जरुरी छ ।

अहिलेको बैज्ञानिक समाजबादी क्रान्ति सफलताको गृहकार्य भनेकै पुजिको राष्ट्रियकरण नभएर सामाजिककरण र सामुदायिककरणमा हो जहाँ सामाजिक र सामुदायिक पुजिलाइ बैज्ञानिक प्रयोग द्द्वार उत्पादन र बितरणमा समेतलाई बैज्ञानिक गर्नसक्ने हो भने भुमण्डलिकृत पुजिबादले थोपरेको बहुराष्ट्रिय दलाल पुजिबादबाट समाजलाइ बैज्ञानिक मुक्ती र सर्बहारा श्रमिक बर्गलाइ र पुजिपती बर्गलाइ समानताको बिन्दुमा पुगाउन सक्ने सजिलो सुत्र हुन सक्छ ।

बिश्व पुजिबादको वास्तविक अंतर्विरोध के हो ?

पेरिस कम्युनदेखि रुसि समाजबादी क्रान्ति र पहिलो र दोस्रो बिश्वयुद सम्म आइपुग्दा ब्यापारिक पुजिबाद प्रतिस्पर्धात्मक औद्योगिक पुजिबाद र एकाधिकार पुजिबादले उत्पादन गरेको उत्पिडक राष्ट्र राष्ट्र बीचमा उत्पन्न घमण्ड र कुण्ठित आक्रोसको कारण हो ।

भन्नेकुरामा अहिलेसम्म समाजमा बुझ्ने कुरामा दुइमत देखिन्छन् सजिलै र सहजै साम्राज्यवादले बिश्वब्यापी हस्तक्षेपको कारण मात्रै देखेर पुग्दैन एकाधिकार पुजिबादले साम्राज्यवादको उदय गरायो र एकाधिकार पुजिबाद र राष्ट्रिय पुजिबादको अन्तरदोन्दको कारण शक्ति राष्ट्रहरुको युद्धको सुरुवात भएको कुरामा स्पष्ट हुन जरुरी छ ।

त्यस्तै अब फेरिपनी बहुराष्ट्रिय पुजिबाद र दलाल पुजिबादको अन्तिममा हुने अन्तरदोन्दको कारण मानव सभ्यताकोनै खतरापूर्ण संकट पर्ने देखिन्छ । भुमण्डलिकृत पुजिबादले सरकार भन्दा माफिया शक्तिशाली निर्माण गर्दछ र तिनै माफियाहरु बीचमा हुने अन्तरास्ट्रिय रूपमा दलाल पुजिको कारण बहुराष्ट्रिय पुजीवादीहरुको अन्तरबिरोध र त्यसैको दुसपरिणाम अनुप्रमानु र हाइड्रोजन बमहरुको प्रयोग हुन्छन् ।

त्यसैले मानव सभ्यताको बिकास नभएर बिनास गराउने अनिवार्य देखिन्छ त्यसकारण समाजमा उत्पन्न समस्याको हल भनेकै राष्ट्रिय पुजिलाइ दलाल पुजिबादबाट स्वतन्त्र बनाउनेतर्फ बैज्ञानिक विधि भनेकै सम्मानजनक सामाजिक सामुहिकरणको माक्र्सवादको सैद्धान्तिक अबधारनानै अहिलेको बैज्ञानिक समाजबादको विकल्प हो । अहिलेनै के दाबी गर्न सकिन्छ भने मानव सभ्यताको बिकास सुरक्षा मुक्तिकोलागी पुजिबाद असफल भयो भन्ने तथ्यगत आधारहरु छन जस्को अन्तिम विकल्प माक्र्सवाद हो भन्नेमा दुइमत हुनसक्तैन।

अहिलेको मुल अन्तरबिरोध के हो ?

अहिलेसम्मकै इतिहास अध्यन गर्दै जाने हो भने हिजोको सामाजिक अन्तरबिरोध बर्गिय असमानता मात्रै थियोे । जस्ले समाजको उपल्लो बर्ग र समुदाय राज्यको आडमा उत्पीडित बर्ग समुदाय दमन र सोषणमा प्रताडित हुनुपर्ने अबस्थामा उत्पीडित बर्ग समुदाय सिदै राज्य ब्यबस्थासग आमन्ने सामन्ने राजनीति निकासाका लागि वर्गसंघर्षको माध्यमबाट मुक्तिको विकल्प खोजदथ्यो ।

अहिलेको विश्व बर्गिय असमानता लाई यथावत राख्ने सिलसिलामा वर्गसंघर्ष र उत्पीडित राष्ट्रहरुले गरेको उत्पादनकालागी सघर्सलाई श्रम र उत्पादनका साधन र शक्तिलाई बिकेन्दिकृत गरेर बिकेन्दिकृत उत्पादन र केन्द्रीकृत बितरण हुनु जसबाट बिज्ञान प्रबिधिको प्रयोगमा ल्याएर भुमण्डलिकृत बहुराष्ट्रिय पुजिबादले राष्ट्रिय पुजीवादको रुप बदलिएर दलाल पुजिबादमा रुपान्तरण हुनु मध्यम पुजिपती बर्ग असोभाबिक रूपमा मजदुरबर्गमा परिनत हुनुले अबको मुख्य अंतर्विरोध सिदै भुमण्डलिकृत बहुराष्ट्रिय दलाल पुजिबाद र बैज्ञानिक समाजबादको बीचमा बनेको छ ।

माक्र्सवादको बैज्ञानिक पुष्टि कसरी हुन्छ।

माक्र्सवादको प्रखर बिरोधिहरु बिश्व साम्राज्यवादका इसरामा चल्ने दलाल पुजीवादीहरुले बारबार भन्छन । माक्र्सवाद असफल भयो । यसरी माक्र्सवादको बाटोबाट अगाडी जानेहरुले समाजलाई मुक्तिदिन सक्तैनन भनेर अबैध तथ्यांक पेश गरिरहेका छन । जब माक्र्सवादी भन्नेहरूले कम्युनिस्ट राजनीति कार्यदिशा बैज्ञानिक बनाउन सक्तैनन् त्यहा माक्र्सवादनै असफल भएको होत भन्ने जस्तै देखिन्छ । 

बास्तबिकता त्यस्तो कदापि होइन अबको बैज्ञानिक समाजबाद भनेको माक्र्सवादको भाब भुमी बेगर काल्पनिक तथा बुर्जुवा तवरले हुनै सक्तैन नेपाली कम्युनिस्ट आन्दोलनका एक धरोहर कमरेड आहुतिको भाषामा माक्र्सवाद भनेको बैज्ञानिक समाजवाद हो बैज्ञानिक समाजबाद भनेको स्थायी रूपमा सजिब र सचेत सभ्यताको बिकास हो त्यसैले बैज्ञानिक समाजबादको स्थापना नगर्दासम्म नत मानव सभ्यताको जगर्ना हुनसक्छ नत पृथ्वीको औसत आयुनै रहन सक्छ ।

त्यसैले बिश्वमा जतिपनी कम्युनिस्ट शासन सत्ता संचालनमा छन मुलत ती कम्युनिस्ट सरकार र सत्तानै होईन किनकी कम्युनिस्ट सरकारले ल्याउने समाजवाद काल्पनिक तथा प्रतिक्रियावादी ढर्‍राको नभएर बैज्ञानिक समाजबाद हो बैज्ञानिक समाजबाद भनेको बहुसंख्यकको निर्णय अल्पसंख्यकले कार्यनयन हो ।

स्पष्ट भाषामा भन्दा जनताको निर्णयलाइ सरकारले कार्यनयन गर्नुपर्ने परिपाटीको निर्माणनै समाजबाद हो ।हिजो एक समयमा लेनिनले भन्नुभएको छ सम्पुर्ण शक्ति रुसमा त्यस्को अर्थ हो सम्पुर्ण अधिकार जनतामा अबको समाजमा सम्पुर्ण शक्ति जबसम्म जनतामा समर्पित हुन सक्तैन त्यो सहि अर्थको समाजबाद हुनपनी सक्तैन ।

बिज्ञान प्राविधिक तथा बिश्वब्यापी उत्पन्न साम्राज्यवादका आडम्बरका कारण अबको दुनियाका सासकहरु आफ्नो अस्तित्वमा पुग्नकालागी गरेको प्रतिस्पर्धाले युद्धमा होमिनु बाहेक अर्को विकल्प देखेका छैनन् । जस्ले मानव सभ्यता र पृथ्वीनै खतरापूर्ण अबस्थामा पुगेका छन जस्को उचित हल भनेकै बिश्व समाजको बैज्ञानिक समाजबादी दृष्टिकोणले उचित ब्यबस्थापन गर्नुको विकल्प छैन त्यस्को लागी माक्र्सवादको मुलभुत सिधाान्त बैज्ञानिक समाजबादनै अन्तिम विकल्प हो।