आहा ! हिउँको घुम्टोमा स्वर्गकी अप्सरा रारा

(फोटो फिचर)

कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको रारा तालमा हिउँ परेपछि सेताम्य भएको छ । हिउँका कारण रारा साच्चिकैकी स्वर्गकी अप्सरा जस्तै देखिन थालेको छ । सेताम्य हिउँका कारण रारा वरीपरीको बातावरण निक्कै मनमोहक लाग्न थालेको छ । पर्यटकहरु रमाउन थालेका छन ।

तस्विर सौजन्यः सरोज खड्का । खड्का रारा राष्ट्रिय निकुञ्जको निमित प्रमुख स‌ंरक्षण अधिकृत हुन ।

चारैतिर मनमोहक हिमाल। वरिपरि हरियाली जंगल बीचमा सुन्दर ताल रारा, महेन्द्र तालका रूपमा परिचित रारा ताल हिउँले ढपक्कै छ। समुन्द्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारामा यतिबेला हिउँ ढाकेसँगै सेताम्य देखिन्छ।

हिउँले राराको सौदर्यतामा थप चमक भरेको छ। बिहिबमरदेखि नेपाल पसेको पश्चिमी वायुको प्रभावले देशभरको जनजीवन प्रभावित भएको छ। बिहीबार रातिदेखि परेको हिउँले रारा सेताम्य भएको छ । रारा किरानका बाेटबिरुवासँगै तालकाे पानीसमेत सेतै देखिन थालिएकाे छ ।