सैनिक क्याम्पमा विद्रोहीको हमला, ७१ सैनिकको मृत्यु

एजेन्सी, अफ्रिकी मुलुक नाइजेरियाको एक सैनिक क्याम्पमा भएको विस्फोटक हमलामा परि ७१ जना सैनिकको मृत्यु भएको छ।

मालीको सीमा नजिकै नाइजरको दक्षिण क्षेत्र इनेट्समा रहेको सैनिक क्याम्पमा भएको यो आक्रमणमा १२ जना घाइते हुनुका साथै केही हराइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यससँगै इजिप्ट भ्रमणमा रहेका राष्ट्रपति मोहमदु इसोफुले स्वदेश फर्कने अवधि छोट्याएका छन्।

गत सोमबार अगन्डोस्थित सैनिक क्याम्पमा आक्रमणको क्रममा तीन नाइजेरियाली सिपाही र १४ विद्रोही लडाकु मारिएका थिए । पछिल्लो समय माली र यसका छिमेकी नाइजर र बुर्किना फासोमा पनि द्वन्द्व तिब्र गतिमा बढेको छ। स्थानीय फौजलाई सघाउन भन्दै ४ हजार ५ सय फ्रेन्च सुरक्षाफौज तैनाथ भए पनि आक्रमण बढिरहेको छ।