कालापानी बिबादको ऐतिहासिक तथ्य

राष्ट्रिय एकता र सुरक्षाको प्रश्न

भारतले किन हेप्यो भन्दा नेपाल सानो राष्ट्र र भारत ठुलो राष्ट्र भएर कदापी होईन । तितो सत्य हामी भित्रको दरिलो एकता र भरपर्दो आत्मबिश्वासको कमि हो राज्य प्रशासन संयन्त्र मनपरि चलाउनुले नै हो । करिब ७० बर्षको इतिहास अध्यन गर्दा राज्य सन्चालन लथालिङ्ग भताभुङ्ग तरिकालेनै चलेको छ । त्यहीँ अराजकता र अकर्मण्यताको फाइदा लिएर भारतले हाम्रो स्वाधीनता माथी बेलाबेला हस्तक्षेप गरेको हो ।

हरेक राष्ट्रको राष्ट्रियता भौगोलिक अखण्डता र सार्बभौमसत्ता स्वतन्त्रताको आफ्नै मौलिक तथ्य र सत्यता हुने गर्दछन । जसका ऐतिहासिक खोज अनुसन्धान गर्ने मानव समाजको ऐतिहासिक तथ्यांक अनिवार्य पर्दछ र हुनुपर्छ । हाम्रोजस्तो स्वतन्त्र र सार्बभौमसत्ता सम्पन्न राष्ट्र नेपाल यतिबेलामात्रै होइन, इतिहासमा सयौं पटक त्यस्ता समस्याहरु उत्पन्न हुँदै आएको हो । उत्तरतिर बिशाल चीन र दक्षिण भारत छ । हाम्रा सिमा बिबाद दुबैतिर त्यतिकै उठिरहेका छन ।

लिपु,लिम्पियाधुरा,कालापानी मात्रै होइन, धेरै भुभागमा हाम्रो राष्ट्रियतामाथी आच आउने खालका गतिविधि दक्षिण भारतबाट धेरै हस्तक्षेप गरेको तितो सत्य हो । तत्काल यतिबेला उत्पन्न समस्या कालापानी क्षेत्रको हो । त्यसैलाई मध्यनजर गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत गम्भीर छलफल उठिरहेको छ । जसको ऐतिहासिक तथ्यहरु जाने जती पेश गर्नु हामी नेपाली नागरिकको कर्तव्यबोध र जिम्मेवारी हो।

कालापानी खास कुन हो

हामिले जन्मदेखी नमर्दासम्म एउटा कुरा बारम्बार याद आउनु जरुरी छ । हाम्रा पुर्खा जन्मिदा पुर्खाको नाभि रोपिएको माटो हाम्रो हो । त्यो नै अटुट राष्ट्र हो । त्यसैले भनिएको हो । जननी जन्मभूमि स्वर्गभन्दा प्यारो हुन्छ । हामी भारतसँग बार्ता गर्छौ भनेर खुब चिल्लाउछौ । सरकारले बार्ताको लागि आबश्यक कागजजात र तथ्य कतिसम्म तयारी गर्‍यो ।

त्यो महत्त्वपूर्ण कुरा हुन्छ । नेपालको इतिहासमा सरकार र बाहिर बसेर राजनीति गर्ने राजनीति दल सबैमा गम्भीर समस्या देखिन्छन् । देशमा नेपालको गलत इतिहास सिकाउनु गलत नक्सा छाप्नु राजनीति पार्टीको प्रतिबेदनमा समेत गलत नक्सा अध्यन गरेर लेखिनु अत्यन्तै गम्भीर त्रुटी भएका छ्न । अहिले भारतिय सेनाले क्याम्प खडा गरेर बसेको र कृत्रिम नामाकरण गरेर मानव निर्मित पार्बती ताल र पार्बती मन्दिर र कृत्रिम पार्बती तालबाट बग्ने पानीलाई महाकालीको उदगम मुहान कालापानी हो,भनेर सारा नेपालीलाई आखामा धुलो छर्ने काम भारतिय पक्षले गरेको छ ।

यसलाई कालिनदी र तिल्सिलाइ कालापानी भनेर गरिएको काल्पनिक प्रचारले वास्तविक कालापानीको तथ्यलाई नामेट बनाउने दुसप्रयास गरेको छ । नेपालको राष्ट्र प्रमुख र नगरपालिका वार्ड कार्यलयमा समेत त्यहीँ नक्सा झुन्ड्याउनुले राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डतामा बैमानी गरेकोकि भन्ने प्रसस्त संका उब्जिनु स्वभाबिक छ सुगौली सन्धि अनुसार लिम्पियाधुरा महाकाली नदिको मुहान र महाकालीको पश्चिमी तटसम्म नेपालको भुभाग हो ,भनेर स्पष्ट भनिएको छ ।

अहिले महाकालीको मुहान लिम्पियाधुरा हो,भन्ने तथ्यलाई छिपाउन खोजिएको स्पष्ट देखिन्छ । नेपाल भारत बीचमा ब्यास भनिने महाकाली नदिको उपल्लो उपत्यकाम पर्दछ । जहाँ सौका समुदायको बसोबास रहेको छ । भारले उत्तराखण्ड पिथौरागडमा पर्ने ग्राबेड जो छोटा बेलायती भनेर चिनिने पौराणिक बस्तिलाई मेटाएर नेपालको भुभागमा पर्ने गब्र्याङ गाउलाई ग्राबेड साबुत बनाउने दुस्प्रचार गरेको पाइन्छ छाङ्गरु नाभि कुटि गुन्जी लिम्पियाधुरा लिपुलेक सबै कालापानी छेत्रभित्र पर्ने भूगोल नेपालको भएको तथ्य पुस्टिहुने ऐतिहासिक आधार सुगौली सन्धिको धारा पाँचमा लेखेको कुरा कालापानी देखि पश्चिम नेपालको राजाले हस्तक्षेप गर्न नपाउने भनेर स्पष्ट लेख्नाले लिम्पियाधुरा कालापानी सबै नेपालको हो,भन्ने तथ्य साबित गरेको छ । कालिनदिको मुहान लिम्पियाधुरा हो ।

अर्को धार्मिक ग्रन्थको तथ्य स्कण्दन पुरानमा कैलास ख्ण्ड महात्मय जुन उत्तर तिबत मानसरोवर कैलास पर्बत भनिएको छ। उत्तराखण्ड महात्मय जो भारतको पिथौरागड आसपासका भुगोललाइ भनिएको पाइन्छ भने नेपाल खण्ड महात्मय जो छोटा कैलास भनेर चिनिने लिम्पियाधुरा कुटि पार्बतिताल र पार्बती मन्दिर पौराणिक कालदेखि यथावत छन ।

त्यसलाई तोडमरोड गरेर खा लाई कालिनदी र तिल्सिलाइ कालापानी भनेर कृत्रिम ताल,मन्दिर र पानीको मुहान बनाएर छल्ने कोसिस गरिएको हो । प्रमप्रादेखी बस्दै आएका सौका थरका ब्यास समुदायले भन्ने गरेको खास कालापानी लिम्प्गाधुराबाट बग्ने पानीको मुहानलाइ काली र त्यसैबाट निर्मित प्राकृतिक ताललाइ पार्बतिताल भन्ने गरेको पाइन्छ । अहिले भारतले भन्नेगरेको काली र कालापानी लाई ब्यासी सामुदायले खा यान्दी भन्नेगरेको ऐतिहासिक तथ्यहरु छन ।

अर्को तथ्य छाङ्गरुका यो पङ्तिकारले नैनिताल हाइस्कुल पढ्दा कुटि पार्बतिताल कालापानी लिम्पियाधुरा लिपुलेक क्षेत्रको छुट्टै नक्सा निर्माण गरेको र पिथौरागढ धार्चुला देखि भारतको नक्सा निर्माण गरेको अहिलेसम्म जर्मनी भुगर्भ अध्यन शास्त्रीसग रहेको तथ्य छन । त्यतिबेला अध्यनको सिलसिलामा आग्रा लखनउ नैनिताल र मुरदाबादमा अध्यन गरेर पासगरेका गुन्जी नाभि कुटि छाङ्ग्ररुका बिध्यार्थिहरुको प्रमाणपत्रमा समेत बसोबास नेपाल किटान गरिएको छ ।

२०१८ सालको जनगणना समेतलाई एउटा दरिलो आधार मान्न सकिन्छ । २०२४ साथमा कृतिनिधी बिष्टले २४ चेकपोस्ट हटाउदा समेत कालापानीमा भारतीय हरुले तिब्बती धर्मावलम्बीले भारतमा थप समस्या उत्पन्न हुनसक्ने खतरा सुनाउदा केहिसमयको लागि नहटाइएको प्रतिक्रिया सुनाएका थिए । भित्री रहस्य के हो । यथार्थमा नआएपनी कुनैपनी सासकले राष्ट्रको भौगोलिक अखण्डतामा आच आउने क्रियाकलाप गर्न पाइदै पंखामा नेपाली गब्र्याङ बासिको खेत वारि भएको जग्गा धनी तमसुक पनि भएको पाइन्छन् ।

२०१८ साल देखि २०२३ सालसम्म घर कर जग्गा कर खर्कको समेत तिरो नेपाली तालुकदारलाइ बुझाएको तथ्यांक छ । सुगौली सन्धि पछि भारतीय लेफ्टिनियनसग जग्गाको तिरो बुझाउन जादा उनिले अब तिमीहरू नेपाली राज्यको मातहतका भएकाछौ उतै बुझाउनु यता बुझाउनु पर्दैन समेत भनेको पाइन्छ । कुटि गब्र्याङ नाभि गुन्जी छाङ्ग्रुङ आदि गाउँमा तालुकदार समेत नेपालको सरकारले तोकेको तथ्य छन । तिजति नेपालको तर्फबाट कालापानी विवादको बारेमा ढिलासुस्ती हुन्छ त्यतित्यती भारतिय पक्षले र त्यस्का खुपिया एजेन्सीले हाम्रा भरपर्दो तथ्यहरु मेटाउन कोसिस गरेको देखिन्छ । सबैलाई यो कुरा अबगत हुन जरुरी छ कि लिपुलेकबाट बगेको खा याङ्दी अर्थात तिल्सिनदि खास कालापानी नभएर लिम्पियाधुराबाट बगेको खास कालापानी हो ।

सबैभन्दा पहिले कालापानीमा भारतीय सेना किन राखिएको हो । त्यो जान्न जरुरी छ सन १९५९ म तिब्बती धर्म गुरु भारत पलायन पछि तिब्बती धर्मावलम्बीहरु लिलोङ तिङकर र लिपुलेक भएर भारत पलायन हुनेगरेको र त्यसैलाई रोक्न नेपाली सासकसँग सुरक्षाको कारण देखाएर केही समयसम्मको लागि कालापानीमा भारतिय चेकपोस्ट राख्न दिने सम्झौता अनुसार भारतीय चेकपोस्ट राखिएको पाइन्छ ।
सन १९६२ को भारत चीन युद्धपछि १९६५ देखि भारतले नक्कली कालापानी नक्कली पार्बतिताल र नक्कली मन्दिर थापना गरेर धुलोछर्ने गरेको पाइन्छ ।

त्यसपछि सालमा भएको महाकाली सन्धिमा महाकालीको मुख्य मुहान लिम्पियाधुराबाट बगेको खास कालापानी लाई छुपाएर लिपुबाट निक्लेको खा याङ्दी हुँदै तिल्सी नदिलाई कालापानी बनाउनेतर्फ कालापानी र तिल्सिनदिको दोभानबाटनै पुर्बी तर्फ मोडन खोजेको पाइन्छ । त्यतिबेलाका महाकाली सन्धिको अगुवाइ गर्ने सबै राजनीति दलहरूले यसको नैतिक जिम्मेवारी लिनुपर्छ । जस अनुसार कालापानी र तिल्सिनदिको दोभानबाट पुर्बी तिल्सितिरको नक्सा नभएर कालिनदिको नक्सा अनुसारको मुहान खोजी गरे कालिनदिको मुहान लिम्पियाधुरा र महाकालीको उद्द्गम लिम्पियाधुरा भएको स्पष्ट पुश्टि हुन्छ । संवत् अहिले भारतले कब्जामा राखेको सम्पुर्ण भुभाग नेपाल आउने हुन्छ ।

नेपाल सरकार र राजनीति दलको समस्या 

हाम्रो देशमा कालापानी हाम्रो होइन भन्ने एकजना पनि छैन सबैले कालापानी हो भनेका छन । बिडम्बना कालापानीमा भारतिय सेना बसेको छ । नेपालको भूगोलबाट भारतियसेना हटाउन उच्च तहबाट थालिने राजनीति तथा कुटनैतिक अभियान कत्तिको तयारी गरिएको छ । त्योकुरा महत्त्वपूर्ण हो उच्चस्तरीय बिज्ञयहरुको टिम नापजाँच साखा डिजिटल प्रबिधि प्राबिधिक टोली इन्जिनियर सबैभन्दा पहिले बैचारिक हतियार मजबुत छ छैन ।

त्यो महत्त्वपूर्ण कुरा हो । नेपाल सरकारले थाल्ने उच्चस्तरीय राजनीति अभियान हो । जितेर फर्किनेकुरा सरकारले गर्ने तथ्यांक र तयारी हो सुगौली सन्धिको धारा पाँच अनुसार नेपालको सिमाना महाकाली र कालापानी भन्ने भन्दापनी कालापानी देखि नेपाल नेपालले पश्चिम हस्तक्षेप नगर्ने भनेर भनेको छ । त्यस्ता दरिलो तथ्यांक हुदाहुदै यो सरकार र त्यस्को सैद्धान्तिक नेर्तित्वगर्ने राजनीति पार्टीका कार्यकर्ताले कुनै बेला नारा लगाउथे महाकाली साझा हो ।

पानी आधा आधा हो भनेर त्यस्त दरिद्र राजनैतिक सिद्धान्त र सरकारले कालापानी लिम्पियाधुरा नेपालको बनाउन सक्ने छेमता कमै राख्छन् अर्कोकुरा सरकारमा मन्त्रीमा र तिनका मन्त्रालयका सल्लाहकार सचिव पढेलेखेका र जाने बुझेका बिज्ञ होइन नेताको लामो समयसम्म बफादार झोला बोकेकाहरु भित्र्याउने परिपाटीको कारण सोचे अनुसार परिणाम निकाल्न सक्दैनन ।

आफ्नो भनेको मान्नेलाइ जिम्मेवारी दिइन्छ भनेको जान्नेलाई जिम्मेवारी दिइदैन त्यसैले नेपालले इतिहासका सयौं कालखण्डमा भनेजस्तो परिणाम निकाल्न नसक्नुको मुख्य कारण हो। आधुनिक नेपाल र ग्रेटर नेपालको नक्सा आधुनिक नेपालको मानव बस्ती धर्म ग्रन्थ स्कन्दन पुरान देखि बैज्ञानिक डिजिटल प्रबिधिमा राम्रोसँग दखल नभएका उनै पार्टीको सिद्धान्त घोक्नेलाइ साथमा लगेर उच्चस्तरीय कुटनैतिक तयारी गर्न थालियो भने उहीँ काउलिमा मुलाको कलमी गरेको जस्तो नत जरा खान मिल्ने नत पात खानमिल्ने बन्न सक्छ ।

राजनीति सिद्धान्तमा भिन्नमत राख्ने भएपनी स्वाधीनता सार्बभौमसत्ता र भौगोलिक अखण्डतामा आच आउनु सबै नेपालीको लागि निर्मम एकताको जरुरी बन्छ । सरकारले यो मेरो बिरोध गर्थ्यो त्यसैले यस्लाइ साथमा लिनुहुन्न भन्ने सोच र सरकार बाहिरका राजनीति पार्टिहरुले पर्ख र हेरको सिद्धान्त अपनाउनु दुर्भाग्य हुनेछ ।

राष्ट्रिय एकताको जरुरी किन

जतिबेला देशमा अत्यन्तै संबेदनसिल घटनाको सुरुवात हुन्छ । त्यतिबेला हामी सारा नेपाली एकहुनुनै राष्ट्रिय एकताको रुप हो । हामी जबसम्म एकताका लागि तयार हुदैनौ तबसम्म बिरोधिहरुले भौगोलिक सामाजिक सस्कृतिक र धार्मिक हिसाबले हस्तक्षेप गरिनै रहन्छन । बोलेर राष्ट्रबादको जगेर्ना गर्न सकिदैन भन्नेकुरा धेरै बिलोपिकरण भएका राष्ट्रहरुको इतिहास हेर्न सकिन्छ हातले बारम्बार भारत असली छिमेकी राष्ट्र हो । भनेर बुझ्ने गर्‍यौ त्यहीँ भित्र भारत सस्कृतिक राष्ट्रवाद र बिस्तार साम्राज्यबादी राष्ट्र हो भन्नेकुरा नबुझ्नु नेपाली राजनीतिमा गम्भीर सैद्धान्तिक भुल हो । नेपाली राजनीतिमा निर्मम सच्याइको बिषय बनेको छ । हरेक राजनीति दलको सैद्धान्तिक आन्तरिक बहसमा बाहिर आउनु जरुरी छ ।

आफ्नो बिरोधिको चाल बुझ्न नसक्ने कुनैपनी राष्ट्रवाद वा सैद्धान्तिक चिन्तन राष्ट्रवाद हुन सक्तैन । तथ्य प्रमाण बिनाको हस्तक्षेप गर्ने कुनैपनी शक्ति राष्ट्र किन नहोस तर जतिसुकै सानू निर्बलियो राष्ट्र किन नहोस् जित सत्यकोनै हुन्छ । हामी हाम्रा तथ्यांकअनुसार अगाडि बढ्न जरुरी हुन्छ सत्ता पछ्यले र प्रतिपक्षीले सरकारले मात्रै तथ्य जुटाउन नसकेपछि नागरिक बौद्धिक ब्याक्ती अभिलेख अबगत भएका सबैलाई राष्ट्रिय एकताको र भौगोलिक अखण्डताको चासो चिन्ता हुनुपर्छ ।

हाम्रो पुर्खाले छोडेर गएको नासो त्यो हो जहाँ आशु रगत पशिनाको अनुपम उपहार स्वरुप साचेर राखेको भूगोल जहाँ जन्मिदा पहिलो नाभि गाडिएको हो । नमर्दासम्म पशिना रोपिएको छ जस्लाइ आज हामीले हाम्रो राष्ट्र भनेर भन्न पाएका त छौ त्यसैले एकताको अनिवार्य छ।

कालापानी क्षेत्रमा हाम्रा समस्या के हुन

गाँस,बाँस,कपास,शिक्षा स्वास्थ रोजगार र सुरक्षाको हरेक राष्ट्रको सरकारले निर्वाह गर्नुपर्ने कर्तव्य हुन जहाँ राष्ट्रिय अखण्डतामा समस्या देखिन्छ त्यहाँ सरकारको ध्यान जान जरुरी हुन्छ । सायद लाग्छ नेपालका लिपुलेक,लिम्पियाधुरा कालापानी बिकास र सुरक्षाको बारेमा कहिले कतिबेला कति आर्थिक बजेट छुट्यायो त्यो समस्या के हो बुझ्यो बुझेन गम्भीर कुरा छ । हामीले सामरिक महत्त्व बौद्धिक तवरले कति बुझ्ने कोसिस गर्छौ भन्ने हो ।

कालापानी बिकास शिक्षा र स्वास्थ अनिवार्य छ पानी जहाज भन्दापनी पुस्ताकोलागी लिपुलेक लिम्पियाधुरा कालापानीको भबिष्य युरोप ब्यापार जोडिएको बिषय हो । जलमार्गमा गर्नेजती नेपालको खर्चले कालापानी सिङ्गार्न सकियो भने एसियाली मुलुकमा एक नम्बर बिकासको ढोका खुल्ने छ । यहीँ कुरामा चलाखी गरेर भारतले बलमिचाइ गरेको हो । बिगत देखि अहिलेसम्म बनेका नेपाली सरकारले सामरिक महत्त्वको सामर्थ्य राख्न सकेको छैन।

नेपाल र नेपालीको सुरक्षाको प्रश्न 

हामीले जतिसुकै बेला हेर्छौ । बेलाबखत भारतीय सिमा र नेपाली सिमा सुरक्षा सम्बन्धि विवाद आइरहेको हुन्छ । नेपाल सरकारले मौनता प्रकट धेरै बोलेपछी दुख ब्यक्त गर्छु भनेर बोल्छ हामीले आफ्नो गाँस काटेर सरकारलाई हजारौं कर बुझाउनु परेको छ । त्यो अनुसार नेपालको सरकारले नेपाली सेना,ससस्त्र पुलिस लाई सिमा सुरक्षा राखेको इतिहास छैन ।

सेनामा जागीर खायो सलामी दियो पेन्सन पकायो घर फर्किन्छ । हाम्रो सिमाको सुरक्षा केबल निर्जीव सिमेन्ट सरियाले बनेको जङ्गेपिलरको भर परेर यो गति भएको तितो सत्य हो । बिकास पब्लिकले गर्ने हो सेना पुलिसले राष्ट्र र जनताको सुरक्षा गर्नुपर्छ । त्यसैले उत्तर दक्षिण पुर्ब र पश्चिम अनिवार्य सैनिक क्याम खडा गरेर उच्चस्तरीय कुटनैतिक बार्ताको थालनी गर्नु उचित हुन्छ ।

अर्कोतिर खुल्ला सिमानाको कारण नेपाल भारत बारम्बार विवाद उत्पन्न हुन्छ तत्काल उच्चस्तरीय राजनीति छलफल गरेर सिमाना सिल गरेर निश्चित नाका प्रयोगमा ल्याउन पहल थाल्नु जरुरी छ यस्मापनी राष्ट्रिय एकता सहमति र सहकार्य अनिवार्य छ ।