भारतले सार्वजनिक गर्यो देशको नयाँ नक्सा, पाकिस्तानले गर्यो विरोध

भारतको उत्तरी राज्य जम्मुकश्मीर औपचारिक रुपमा दुइटा केन्द्र शासित राज्यमा विभाजित भएसँगै नरेन्द्र मोदी सरकारले भारतको नयाँ नक्सा सार्वजनिक गरेको छ ।

भारत सरकारले ३१ अक्टोबरदेखि अस्तित्वमा आएका दुई भिन्नाभिन्नै केन्द्रशासित प्रदेश (युनिटरी टेरोटरी) जम्मुकश्मीर र लद्दाकसहितको देशको औपचारिक राजनीतिक नक्सा सार्वजनिक गरेको हो । त्यसका लागि जम्मुकश्मीरको पुनर्गठनसम्बन्धी आदेश शनिबारको राजपत्रमा प्रकाशित गरिएको थियो ।

गत अगस्ट ५ मा संविधानमा रहेको उत्तरी राज्य जम्मुकश्मीरको विशेष अधिकार खारेज गरिएको थियो । त्यसका साथै मुश्लीम बाहुल्य राज्यलाई दुइटा केन्द्रशासित प्रदेशमा विभाजन गर्ने निर्णय समेत गरिएको थियो । कान्तिपुर दैनिकमा यो खबर छ ।

यसैबीच भारतले जारी गरेको नयाँ नक्सामा आफ्नो देशको केही जिल्ला समेटिएपछि पाकिस्तानले तीव्र विरोध गरेको पनि समाचारमा उल्लेख छ ।