तरुणदल सभापति शाह लगायत ६ जना पेस्तोल सहित पक्राउ

नेपालगन्ज, नेपाल तरुणदलका नेपालगन्ज नगर सभापति संदिप जंग शाह प्रकाउ परेका छन् ।बिहीबार साझ ८:३० बजेको समयमा नेपालगन्ज उपमहानगरपालिका वडा. नं. २० मा रहेको नमस्ते भिलेज रिसोर्ट बाट शाह सहित ६ जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरवाट डिएसपी हेम बहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलिले पेस्तोल सहित पक्राउ गरेको हो ।

रिसोर्टको वाहिर पार्किङ गरेर राखिएको बा १८ च ४२११ गाडीलाई चेकजाच गर्ने क्रममा चालक बस्ने सिटको मुनि लुकाई राखेको अवस्थामा मेड इन युसए लेखेको अटोमेटिक पेस्तोल एक थानको साथै म्याग्जीनमा लोड गरेर राखिएको २ थान गोली समेत बरामद गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरिक्षक हेम बहादुर शाहीले बताए ।

शाहीका अनुसार पक्राउ पर्नेमा तरुणदल नगर सभापति शाह सहित दिनेश शाही, राघब शाह सानु , माधब नेपाली, यम बहादुर बुढा र प्रितम थापा मगर रहेका छन । उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको डिएसपी शाहीले बताए ।