कोहलपुरका डिएसपि शाहीको अर्को अट्याक -लाखौ रकमसहित ९ जुवाडे फन्दामा

यस्तो छ नामावली

कोहलपुर, बाँके कोहलपुर जुवा खालबाट प्रहरीले ३ लाख ३९ हजार ४ सय ५० रुपैयाँसहित ९ जनालाई पक्राउ गरेको छ । सोमबार दिउँसो १ बजेतिर कोहलपुर नगरपालिका ११ न्यूरोडबाट कोहलपुर डेन्टल हस्पिटलको तेस्रो तलाबाट ३ लाख ३९ हजार ४ सय ५० रुपैयाँसहित जुवाडेहरुलाई पक्राउ गरेको हो ।

र्इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीको कमाण्डमा खटिएको बिशेष प्रहरी टोलीले जुवाडेहरुलाई नियन्त्रण लिन सफल भएको हो । कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीका अनाुसार चाढबाडका मौकामा हुने जुवा विरुद्ध अपरेशन चलाइरहेको बताए ।

उनले भने, ‘राती होस या दिउँसो कुनै पनि समयमा जुवाडेहरुलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउने छौ ।’ निजहरुमाथि जुवातास ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरी नायव उपरीक्षक शाहिले जानकारी दिए ।

यस्तो छ प्रहरी नियन्त्रणमा रहेका कोहपुरका जुवाडेहरुको नाम

१‍‍.जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं.६ बस्ने बर्ष २५ को मेघनाथ कुच्छबन्ध्या
२. जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं ११ बस्ने बर्ष २४ को बिवेक शाही
३. जिल्ला अछाम तुर्माखाँद गाउपालिका वडा नं५ बस्ने बर्ष ३१ को निरक बहादुर शाही
४. जिल्ला अछाम तुर्माखाँद गाउपालिका वडा नं ५ घर भई हाल जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं। ११ बस्ने बर्ष २५ को गजेन्द्र बहादुर शाही
५. जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं ०३ बस्ने बर्ष ३१ को अर्जुन शाही
६.जिल्ला बाँके नेपालगंज उपमहानगर पालिका वडा नं १ धम्बोझी बस्ने बर्ष २६ को गणेश शर्मा
७. जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं ११ बस्ने बर्ष ३२ को उमेश शाही
८. जिल्ला बाँके कोहलपुर नमगरपालिका वडा नं १० बस्ने बर्ष २२ को रामचन्द्र पुरी
९.जिल्ला अछाम तुर्माखाँद गाउपालिका वडा नं  ४ वतन भई हाल जिल्ला कैलाली घोडाघोडी नगरपालिका वडा नं ६ बस्ने बर्ष ३१ को महेन्द्र बुढा ।