इयूबाट बाहिरिनका लागि बेलायतले पायो थप समय

काठमाडौं, बेलायतले युरोपेली संघ (इयू) छाड्ने सम्झौता ब्रेक्जिट अन्तर्गतको प्रक्रिया पूरा गर्न थप समय पाएको छ ।युरोपली संघले ब्रेक्जिटका लाई बेलायतलाई ३१ जनवरी २०२० सम्मका लागि थप समय दिएको हो ।

इयू काउन्सिलका अध्यक्ष डोनाल्ड टुस्कले ब्रेजिक्ट सम्झौताअन्तर्गतको प्रक्रिया पूरा गर्नका लागि बेलायतलाई ३१ जनवरी २०२० सम्मको लागि समय दिने निर्णय भएको बताएका छन् ।

बोरिस जोनसोनले गत अक्टोबर महिनामा ब्रेक्जिट प्रक्रियाका लागि म्याद थपको अनुरोध सहित बिना हस्ताक्षरसहितको पत्र इयूलाई पठाएका थिए ।