यस्तो लागिरहेछ साच्चै नै हिरासत मानव बधशाला हुन्

मानिस एक सामाजिक प्राणी हो । त्यसैले समाजको सबै पक्षहरुप्रती उसको सरोकार हुन्छ । यहि प्रवृति ममा पनि हुनु कुनै अनौठो कुरा भएन । बरु आवश्यक पनि थियो । यहि आवस्यकता पुर्ती गर्ने मनसायबाट म सुन्दर समाजको परिकल्पनामा लागे । यहि परिकल्पनाले मलाइ राजनीतिमा ल्यायो र राजनितीले जेलसम्म पुर्यायाे  ।

घटना बैशाख ७ गतेको हो म गोर्खा कयापानी स्थित दिदिको घरमा बसिरहेको थिए । बिदामा मामाघर आएको भान्जा एक्लै जान नसक्ने भएको कारण म पुर्याउन गएको थिए । मकै भर्खर गोड्ने बेला भएको थियो । मित बाको घरमा मकै गोडी आएर कोठामा बसिरहेको थिए ।

एक्कासि एक गाडीमा प्रहरि आएर मलाइ घेरा हाले । मैले किन ? के भो ? भनि सोध्दा इन्स्पेक्टर पदम राज थापा आएर तपाईसँग सोधपुछ गर्नु छ,कार्यलयमा जानपर्छ भनि मलाइ ईप्रका आरुघाटको हिरासत कक्षमा लगेर राखियो । भोलिपल्ट इन्स्पेक्टरले तपाइँको नाममा धादिङमा मुद्दा छ उतै जानपर्छ भने ।

के भनेर हालेको रहेछ भनी सोध्दा एनसेल टावरमा आगजानी गरेको भनियो । मलाइ त्यती नौलो लागेन किनकि गतबर्ष पनि अखिल (क्रान्तिकारी) रसुवाको जिल्ला सम्मेलन हुदै गर्दा म लगायत अन्य ४ जना साथिहरुलाइ यसैगरी गिरफ्तार गरेर पछि प्रहरी माथी कुटपिट भनेर मुद्दा चलाइएको थियो ।

मलाई थाहा थियो यिनिहरुले एउटा न एउटा मुद्दा लगाउछन भन्ने कुरा । त्यसपश्चात मलार्इ जिप्रका गोरखाको हिरासतमा ल्याइयो । त्यहाँ एकदिन राखेपछी मलार्इ धादिङ पठाइयो । धादिङ लैजाने क्रममा चौकी सार्दै सार्दै लगियो । गोर्खाबाट आबुखैरेनी लैजादा मलार्इ सार्बजनिक बसमा लगियो । बसमा खाली सिट थिएन । मेरो हातमा हतकडी भएको कारण मलार्इ उभिन अफ्ट्यारो भइरहेको थियो ।

एकजना दिदिले आफु बसेको ठाउँ मलाइ दिनुभयो र सोध्नुभयो । हातमा हतकडी लगाउदा पनि हसिलो अनुहार बनायर बस्ने मान्छे अपराधी त पक्कै होइन् तपाइँ के मुद्दाको हो ? प्रहरी साथिहरुले मलाइ नबोल्न भनिरखेका थिए । मैले भनिहाले म बिद्रोही नेकपाको मान्छे । बिप्लब ?  हजुर ! त्यसपछी बसमा बसिरहेको सबै मान्छेको ध्यान मतिर केन्द्रित भयो । प्रहरिको अवरोध बाबजुद धेरै जनासँग गफ भयो । सबै जना बर्तमान सत्ताको काम कारबाही प्रती असन्तुष्टि व्यक्त गर्दथे । आबुखैरेनी देखी मुग्लिङ, मुग्लिङ देखी मझिमटार र मझिमटार देखी धादिङ सम्म चौकी सार्दै सार्दै धादिङ पुर्याइयो।

धादिङ हिरासत गोर्खाको भन्दा अलि बढी नै अव्यवस्थित र भद्रगोल थियो । थुनुवा पनी गोरखामा भन्दा धेरै थियो। उडुस र जुम्राले टोकेर सुत्न नसक्ने, पिसाब पनि कोक्रोमा फेर्नुपर्ने, मानबअधिकारबादी आउदा चाही त्यो निकाल्ने गरेको रहेछ । मानबाधिकारका मान्छेहरु पनि हिरासत अध्यनको लागी आउदा अलि छड्के तरिकाले आए हुने हो । हुनत त्यसरी आउदा सलामि फुत्किने डर उहाँहरुलार्इ होला फेरि ।

दिशा गर्नपनी प्रहरी साथिहरुले भनेको बेलामा ढोका नखोलिदिने, बुढा बाहरुले सर आयो भन्दा पनी, तेतो घर हो यो ? जस्ता शब्दहरु फर्काउथे । साच्चै नै प्रहरी पेशामा मानवीय संबेदना नै हुदैन रहेछ । यहि अमानवीयता पनि उनिहरुलार्इ सत्ताले दिएको जागिर हो। प्रहरी भनेको हतियार हो ।

यसलाइ संचालन गर्ने मस्तिष्क उचित र सहि भए मात्र यो उचित सहि सक्छ । युनिफर्मनै दोशी होइन, दोशी त त्यो हो जसले यसलार्इ प्रयोग गर्छ । हिरासत सुधारको पक्षमा प्रहरी अधिकृत र अदालतका अधिकारी हरुसगँ कुराकानी गर्दा सबै सकारात्मकनै देखिन्थे तर गरिहाल्ने कसले ? हिरासतमा अनेकौं मुद्दाका मानिसहरु थिए, म राजनीतिक मुद्दाको भएको कारणले सबैजना मसँग बोल्न खोज्थे, सबैसँग गफगाफ हुन्थो ।

कोठा सानो र मान्छे धेरै भएको कारणले गर्दा एकजना को शरिरमाथी अर्काको खुट्टा नराखी कहिल्यै सुत्न पाइएन । नुहाउन त परको कुरा, १५ र २० दिनमा पालो आए भाग्यमानी भन्दा रहेछन् । हिरासत साच्चैनै मानव बधशाला भन्दा फरक पर्दैन । कर्तव्य ज्यान देखी लियर १५० चोर्ने सम्म हिरासतमा थिए, साच्चैनै समाज यतिसम्म परजिबी भयछ कि १५० चोर्ने, एउटा थाल चोर्ने लार्इ समेत समाजमा नमिलायर मुद्दा दर्ता गरायर मुद्दा लडिराखेका थिए ।

सबैखाले मुद्दाका साथिहरु सँग रमाइला-रमाइला कुरा गरेर समय बिताइन्थो, मुद्दा ममिलाको तनाब, प्रहरिको अभद्र ब्यबहार, हिरासत भित्रको तनाबपुर्ण वातावरण तथा सबै खाले आन्तरिक र बाह्र पिडाहरुलाइ भुल्दै हामी रमाइलो गर्थौ । भनिन्छ जब हामी प्रतिकुल अबस्थामा पनि खुसी हुने कला सिक्छौ तब हामिलाइ दुखी बनाउने तागत दुनियाँमा कसैको हुदैन । हामी सोहि कला एक अर्कालाई सिक्ने र सिकाउने गर्दथौ ।

जेल स्वयम् रुखो र जर्जर ठाउँ हो । जहाँ सद्ब्यबहार र सहानुभूति कमै पाइन्छ । यहाँको शासन ब्यबस्था झनै राणाशासन जस्तो छ ।

एकपटक प्रहरी उपरीक्षक राजकुमार बैदवारले उनको कार्यकक्षम भेट्न बोलाए पछि मैले उनलाइ पत्रीकाको लागी अनुरोध गरे ,त्यसपछी उनले पत्रीकाको ब्यबस्था गरिदिए । त्यहा पुगेको एक हप्ता पुग नपुग भयको थियो एकदिन मलाइ अ अ शाखामा बोलायर सो शाखामा बस्ने एकजना सिपाहीले तपाईंको नाममा अर्को पनि मुद्दा छ भने, मैलै अझै अरु पनि हाल्नुस न यहाँ भएका हत्या, बलात्कार जस्ता सबै घटनामा मेरो नाममा मुद्दा लगाउनुस भने । शिक्षा बिद माथेमाले एकपटक भन्नु भएको रहेछ नागरिक ले प्रश्न गर्छ ।

जे दियको हो त्यो चुपचाप गर्दैन । उसले हेर्छ जाच्छ आबश्यक पर्यो भने चुनौती दिन्छ, अझ आबश्यक पर्यो भने अपोजिशनमा पनि जान्छ । यदि आदेश चुपचाप स्विकार गर्छ, प्रश्न गर्दैन, चुनौती पनि दिदैन भने त्यो रैति हो । हामी नागरिक हुन चाहन्थ्यौ र राज्यका हरेक मानिस नागरिक बनुन भन्ने चाहन्न्थ्यौ ।

त्यसैले रैतिकरणका रहस्योद्घाटन गरिसकेका शासकहरुले हामिलाइ घुमार्इ घुमार्इ झुटा मुद्दा लगार्इ हिरासतको कठोर भित्ताहरुमा छेकेर, यातना दिएर रैती बनाउन चाहन्छन । यसैगरी मेरो नाउँमा २ वटा मुद्दा भयो, एनसेल टावरमा आगजानी र बम बम बिस्फोट जबकी यो घटना भयको समेत थाहा नभएको र उनिहरुले भनेअनुसार घटना भएको मितिमा म चितवन रहेका कुरा यिनका प्राविधियुक्त अनुसन्धानले पत्ता लगाउन नसकेका कि यिनिपनी रैतिकरण रुचाउने शासककै सदस्य भएर यसो गरेका ?

एसपी सापले पत्रीकाको ब्यबस्था गरेपछि बाहिरको घटना परिघटना हरुको बारेमा थाहा हुन थाल्यो । म पत्रीकाको सुरुदेखी अन्त्यसम्म कुनैपनी अक्षर समेत नछुट्टार्इ पढ्थे र राम्रा लेखहरु संकलन गरेर राख्थे । जेष्ठ ८ गते नागरिक दैनिकको एउटा कुनामा बिप्लपका जिल्ला स्तरिय नेता तिर्थराज घिमिरेको प्रहरी सँगको मुठभेडमा मृत्यु भनेर आयोसो घटनलार्इ पार्टीले मुठभेड नभर्इ इन्काउन्टर हो भनेर भन्यो र त्यसको बिरोध गर्दै जेष्ठ १२ गते नेपाल बन्दको आह्वान गर्यो । सो बन्दको पुर्बसन्ध्यामा भएको बम बिस्फोटमा परि अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा मेरो प्रीय मित्र प्रज्वल शाही लगायतले सहादत गर्नुभयछ, मैले भोलिपल्ट को पत्रीका पढेर थाहा पाए । म अवाक भए, मेरो आखाबाट आशु झर्यो ।

जेष्ठ १४ गते ३८ दिन पछि हाम्रो फार्इल न्यायाधीश समक्ष पेश गरियो । हाम्रो तर्फबाट वकिल रामकृष्ण अधिकारी र सरकारको तर्फबाट सरकाली वकिलले बहस गरे । केहिबेरमा न्यायाधीसले फैसला सुनाए । एनसेल टावरमा आगजनी ५० र बम बिस्फोटमा ५० हजार गरि जम्मा १ लाख धरौटी खोलियो । अदालत र त्यहाँ वरपरका हामिप्रती सकारात्मक रहने साथिहरुले धरौटी नतिर्न अनुरोध गरे ।

यदि धरौटी तिरेमा प्रहरिले अन्य मुद्दा लगाउछ र पुन हिरासतमा लैजान्छ बरु कारागार जानुस बस्न पनि सजिलो हुन्छ भन्ने कुराहरु आयो र अन्य जिल्लामा अन्य साथिहरुलार्इ पनि यस्तै हर्कतहरु गरेको हुनाले मैले धरौटी नतिर्ने र कारागार जाने निधो गरे । जेलमा अलि फराकिलो ठाउँ, पत्रपत्रिका तथा पुस्तकहरु पढ्न पाइने, टेलिभिजन हेर्न र रेडियो सुन्न पाइने तथा घण्टौ लाइन बसेर भएपनी फोन गर्न पाइने भयकोले समय कटाउन अलि सजिलो भयो । साथिहरु पनि धेरै भए, प्राय सबै सँग बोल्थे म । वृद्ध, युवा, किशोर सबै मेरा साथी हुन्थे । सबैको कुरा सुन्थे र सुनाउथे, पार्टीको बिचार, वर्तमान राज्यब्यबस्थाको अवस्था तथा क्रान्तिमा लाग्न र आ आफ्नो ठाउँबाट सहयोग गर्न आह्वान गर्थे ।

जेल स्वयम् रुखो र जर्जर ठाउँ हो । जहाँ सद्ब्यबहार र सहानुभूति कमै पाइन्छ । यहाँको शासन ब्यबस्था झनै राणाशासन जस्तो छ । नाइकेहरुले अन्य बन्दिहरुमाथी चरम दमन गर्ने ,नाइकेहरु हिड्दा बाटो खाली गरिदिनुपर्ने, नयाँ जाने शाथिहरुलाइ केहि दिनसम्म बोल्न नदिर्इ अध्यारो कोठामा थुनेर राख्ने, सामान्य कुरामा पनि हप्काउने कुटपिट गर्ने जस्ता कार्यकहरु गरिन्छ । बेलायती राजनितीज्ञ विलियम पिटरले लेखेका रहेछन् असीमित शक्ति जसले हात पारेको हुन्छ उसको मनलार्इ त्यही त्यही शक्तिले भ्रष्ट बनाइदिन्छ ।

एउटा बन्दिले त शक्ति आफ्नो हातमा पारेपछी यस्ता हर्कतहरु गर्दा रहेछन् भने कैयौं बर्ष देखी शासन सत्ताको बागडोर सम्हालेर बसेका नेपालका बर्तमान शासकहरु लार्इ जनताको के माया ? बाहिरी दुनियाँमा सत्ताका सामाजिक अबस्थाहरुको कारण अपराध गरि गएकाहरु भित्र गइसकेपछि उनीहरुको हातमा सत्ता आयपछी बाहिरी शासक भन्दा पनि कठोर हुने रहेछन् ।

बाहिरी सत्ताको असफलता र त्यसका कामकारबाहीहरुको बैचारिक र भौतिक रुपमानै बिरोधमा उत्रेपछि नेकपा लार्इ राज्यले आफ्नै संविधान बिपरित गएर प्रतिबन्ध गर्यो र आफ्ना असफलताको उजागत हुने डरले यसका नेता कार्यकर्ता र सुभचिन्तकलार्इ समेत जेलमा कोच्न थाल्यो । त्यसै अन्तरगत म पनि जेलमा परे । राजनीतिक धर्मअनुसार दमन, उत्पिडन र शासन एउटा वर्गको राजनीति हुन्छ भने त्यसको प्रतिरोधमा अर्को वर्गको राजनीति हुन्छ । हामी हाम्रो धर्मको कारणले जेल परेको मान्छे यहाँ पर्दैमा आफ्नो धर्म किन छोडिन्थ्यो । त्यसै अनुरुप त्यहाँ हुने हरेक अमानवीय गतिविधिको बिरोध गर्ने थाले ।

सरकारी तथा गैरसरकारी सस्थाका प्रतिनिधि हेर्न आउँदापनि त्यहाँको समस्या र सुधारको पक्षमा जानकारी तथा सुझाबहरु पेश गर्ने गर्थे । यि सवै कुराहरु त्यहाँ अन्य कोहि पनि बन्दी गर्न सक्दैनथे ।कारण त्यहाँ सो गर्नका लागी बन्देज लगाइयको थियो । यदि कसैले त्यसो गर्ने हिम्मत गरेमा नाइकेहरुद्वारा उमाथी हप्काउने, कुटपिट गर्ने वा अझै भय्एन भने दुर्गम ठाउँहरुमा फालिदिने गर्ने गरिफो रहेछ ।

मलाइ पनि त्यहाँको नाइकेहरुद्वारा भेटेर घुमाउरो पाराले सम्झाउथे, तर म आफ्नो राजनीतिक धर्मको लागी जेल त बस्न तयार हुने मान्छे यस्ता कुराले मलार्इ छुन्थेन । अझै भनौं खराब गतिविधिहरु देख्दा देख्दै बिरोध नगरी बस्ननै सक्दैन थिए । यो सायद क्रान्तिकारी आन्दोलनमा लाग्ने सबैमा हुने स्वभाब पनि होला । सामान्य मानिसहरुमा भन्दा क्रान्तिकारी आन्दोलनमा लागेका मानिसहरुमा भावुगता, मनोवेगपुर्ण भावुगता हुन्छ भन्ने मलाइ लाग्छ ।

नत्र उसलार्इ कसरी सामाजिक विकृती ले सत्याउथ्यो ? नत्र उ कसरी यो बिकृती विरुद्ध आगो भयर उम्लिन्थ्यो ? त्यसैले परिवर्तनकारी हिम्मत राख्नेहरुसङनै समाजलार्इ सबैभन्दा बढी माया गर्ने चेतना हुन्छ । मानिसहरु ठान्दछन । क्रान्तिकारी भएपछी हरेक पक्षमा शोक न सुर्ता भोक न भकारी हुन्छ । तर खासमा त्यसो होइन, त्यस्तो शोक न सुर्ता हुनेहरु क्रान्तिकारी हुदैनन् ति त समाजबाट पलाएन भएर स्वार्थि बन्छन्, जोगि हुन्छन् ।

आफ्नै मुक्तिको बाटो खोज्न खरानी धसेर सामाजिक दायित्वबाट पन्छिएर पृथ्वीका भार बन्न पुग्छन् । तर क्रान्तिकारीहरु आफ्नो मात्र हैन बिस्वको मुक्ति पाउनका लागी पर्छन् । संकट र दुख बाट छुटकारा लिन उन्नत जिवन, मानवीयता र न्यायपुर्ण समाज स्थापनाको लागी ,आफु समर्पित हुन्छन् । त्यसैले उनमा शुर्ता गर्ने क्षमता हुन्छ माया गर्ने भावना हुन्छ।

कारागारमा महिनामा २ दिन (१५ गते र १ गते) चाही हिसाबकिताब मिलाउने दिन हुँदा रहेछ । सो दिन आउने बित्तिकै उधारो हुनेहरु छट्पटी गर्न थाल्छन् घरबाट नियमित पैसा आउने संभावना धेरै मुद्दा आउनेहरुको हकमा कमै हुन्छ । उत्पादन गर्ने भनेको मुडाबाट हो त्योपनी एकदमै कम ज्यालामा र सो को पैसापनि पाच छ महिना नभई पाइदैनन । त्यसैले यो दिन आउने बित्तिकै बन्दिहरु छट्पटाउछन ।

नदिउ पिटार्इ खाने दिउँ गोजिमा नहुने र यहाँको अर्को समस्या भनेको उधारो खाता बढाइदिने । टेलीफोन, पसल, क्यान्टिन, खेलकुद जताततै १५ दिनमा हिसाब गर्दा रु ५०द देखी १०० त सामान्य रुपमा बढेकै हुन्छ । बढेको थाहा पाएतापनी केहि बोल्न सक्दैनन् बन्दिहरु त्यसमा अनेकौं कारण छन् । यो रोगबाट त्यहाँका नाइकेहरु समेत पिडित छन् । उनिहरुलार्इ पनि त्यहाँको संरचनालेनै चुप लाग्न बाध्य बबनाउछ । ५०(६० हजार चौकीदार लार्इ खुवाएपछी भार्इ नाइके र १ देखी डेढ लाख सम्म खर्छ गरेर दार्इनाइके भयएकाहरु सामान्य गढबढी हुने बित्तिकै दुर्गम जिल्लामा फालिने डरले कोहि बोल्दैनन् ।

कारागारमा पत्रपत्रिका पढ्न र टेलिभिजन हेर्न पाइने भएकोले बाहिरी दुनियाँका बिषयमा अलि बढी नियाल्न पाइयो ।हाम्रो पार्टी र सङ्गठनमाथी राज्य निर्मम भएर दमन गर्न थालेको थियो । गिरफ्तारीको मात्रा ह्वात्तै बढायो ।सम्मानित अदालतले छाड्ने आदेश गर्दापनी अदालतको गेट बाटै शाथिहरुलार्इ पुनः समातेर झुटा मुद्दा लगाउन थालियो त्यती मात्रै नभएर साथिहरुलार्इ मुठभेडको नाममा हत्या समेत गर्न थालियो । हामी शान्तिपुर्ण राजनीतिमा सँल्गन हुदाहुदै, हामी वार्ताको लागी तयार छौं भन्दाभन्दै जिम्मेवार भनिने पक्षहरु हाम्रो यो धारणालार्इ बुझ्न चाहदैन ।पुर्वाग्रही भएर राजनीतिक मर्यादालार्इ कुल्चिदैछ ।

आफैंले बनाएको संविधान र कानुन बिपरित गइरहेको छ । राज्यमा यतिखेर भइरहेको दलालतन्त्र र लुटतन्त्रको बिरोध गर्नु हरेक देशभक्त नागरिकको कर्तव्य हो । यहि गर्दा हामी माथी राज्य निर्मम भएर लागिरहेको छ। माफिया हरुको बिरोध गर्दा दलाल पुजिपती हरुको बिरोध गर्दा समाजवादउन्मुख राज्यब्यबस्था र आफुलाइ कम्युनिस्ट हु भन्ने राज्यका शासकहरुले हामिलार्इ सम्मान र बधाई दिनुपर्ने ठाउँमा उल्टो हामिमाथीनै दमन गर्नुले यि शासकहरु को हुन् र यो राज्य कहाँ बाट परिचालित छ भन्ने कुरा छर्लङ्ग देखिन्छ। कुनैपनी चिज अकारण जन्मदैन हरेक दर्शन र आन्दोलनहरु तत्कालीन समयको सामाजिक अबस्थाको उपज हुन् ।

सबै बिचार र प्रतिभाहरु उ बाचेको युगले निर्देशित हुन्छ । आफुलाइ माक्र्सवादी भन्न रुचाउने र हिजो आन्दोलनकै जगबाट आएका वर्तमान नेपालको शासकहरुले यि र यस्ता कुराहरुलार्इ नबुझी आफ्नो पृष्ठभुमि लाइ बिर्सेर आहिले राज्य आतंक मच्चाउन थालेको छ र आतंक चाहिरहेको छ । राज्यले अघोषित रुपमा युद्धको घोषणा गरेको छ र बिद्रोहिहरुलाइ युद्धको निम्ती आमन्त्रण गरिरहेको छ । राजनीतिक नेता कार्यकर्ताहरुलार्इ दिन दाहाडै गोलि चलाउनु, हत्या गर्नु, आस्थाकै आधारमा नागरिक लार्इ जेल हाल्नु र राजनीतिक संघर्ष हरुलाइ कानुनी रुपबाट हल गर्छु भनी प्रधानमन्त्रीले अभिव्यक्ति दिनु यसको प्रमाण हो।

कानुन भनेको प्राबिधिक कुरा हो । प्राबिधिक तरिकाले समाजको अन्तरबिरोध सुल्झदैन बरु झनै चर्को हुन्छ । यतिबेला यो ब्यबस्थाको असफलताको झिल्काहरु सडकमा छर्लङ्ग देखिन थालेको छन् । जनता आन्दोलनमा आउन थालेको छन्। त्यसैले सत्तासिन हरु आत्तिएर बेलैमा निमोठ्न तयार हुँदैछन् । यहि हो असार ५ गतेको कुमार पौडेलको हत्यापनी । हरेक सत्ताले आफ्नो सत्तालार्इ चिरञ्जीवी बनाउन को लागी बिद्रोहिहरुलार्इ दमन गर्ने गर्छन् ।

क्रान्तिकारीहरुको हत्या गरेपछी स्वभाबिक रुपमा आन्दोलन सेलाएर जान्छ भन्ने धारणा सत्ताधारीहरुको हुन्छ। तर यो कुरा साचो होला त ? खड्क प्रसाद ओलि जि ? प्रहरिले पक्रेर सुखानी जङ्गलमा तपाईंको सहयोद्वा हरुको हत्या गरेपछी तपाई हरुको आन्दोलन सेलायो ? अनि क बादल इच्छुकहरु को हत्याले जनयुद्ध सेलायो ? तपाईं हरु माक्र्सवादका विद्यार्थीहरु किन सत्तामा गइसकेपछि माक्र्स, लेनिन, माओको बिचार र कार्यक्रम बाट पन्छिएर जार मुसोलिनी, हिटलर र च्याङ काइ सेकका गतिविधीहरु गर्न चाहनुहुन्छ ।

त्यो बाटो पनतको बाटो हो भन्ने था हुँदा हुँदै पनि किन सोहि बाटो हिंड्न् चाहानुहुन्छन ? वर्तमान व्यवस्थाका कामकारबाही हेर्दा या यस्तै जनबिरोधी हर्कतहरु हेर्दा मलार्इ सो व्यवस्थाको विरुद्ध जेल बसेकोमा गर्बले छाति फुल्छ र भन्न मन लाग्छ । जनबिरोधी सत्ता यस्तै हुन्छ र यसको अन्त्य चाहनेले मारिनु, दुख पाउनु या काराबासको सजाए पाउनु स्वभाबिक छ । मेरो हकमा पनि यहि भयो कुनै अनौठो कुरा होईन ।

हिरासतमा प्रहरिले अनुसन्धान गरिसकेपछि वा अदालतले अपराध ठहर गरिसकेपछि मात्र कारागारमा थुनुवा वा बन्दिहरु आउँछन् । तर यहाँ सबै अपराधी मात्र भने छैनन् । धान खाने मुसो चोट खाने भ्यागुतोू बिद्दमान सामाजिक व्यबस्थाले आत्मासात गरेको यहि बिधानले थुप्रै निर्दोष हरुलार्इ फन्दामा पारेको छ, पारिरहेको छ । आज यि निर्दोषका अनगिन्ती आत्माकथा कसले सुनिदिने ? उनिहरुका निर्दोस दिलका ब्यथा कसले सुनिदिने ? कारागार क्षमता १०० जनाको मात्रै भयतपनि थुनुवा र बन्दी गरि करिब ३०० जना थिए ।

सबैको आ आफ्नो ब्यथा थियो । एउटा रुणिवादी समाजको वस्तविकता झल्काउने घटना थियो त्यहाँ धादिङको उत्तरी भेगमा अवस्थित रि भन्ने ठाउँको सो घटनामा बिरामी भएर मान्छे मरेपछी झाक्रीले भेद हालेर मारेको आरोप लगाएर सबै गाउँले मिलेर २ जना झाक्रीलाइ कुटिकुटी मारेर लास समेत आफन्त लार्इ नदिर्इ जलाएछन, सोहि मुद्दामा २६ जनालार्इ मुद्दा चलाइएको रहेछ । अझै पनि नेपाली ग्रामीण क्षेत्रमा, समाजमा परेको अकाल टार्न धामी झाक्रीलाइ धुप चढाउछन् । धामी झाक्रीलेनै टि भि, पहेलो रोग, सुत्केरी ब्यथा र बालरोग जस्ता रोग निको पार्न घोडाको घन्टीका माला बजाउदै बनझाक्री र कुलाइन बक्सायर ओखतिमुलो गर्दैछन् ।

यहाँका गाउँलेहरु र झाक्री यि सबैलार्इ यि रोगका जड, बनको भुत वा डायनि भन्ने लागिरहेछ तर ति बिचरालार्इ रोगको जड बनको डायन हैन महलका डायन हुन्न भन्ने नै थाहा छैन । बिचरा झाक्री बा अझैपनी बोक्सी खोज्न गरिबको चेली र बिधवाहरुको चेहरा खोजिरहेछन । काला माला लगाएर हटहट गर्दै समाजमा आराम र शान्ति ल्याउने प्रयासमा लागिरहेका छन् । तर जबसम्म हामी काला माला लिएर अदृश्य होइन, आफ्नो मनको भुतलाइ फ्याकेर दृश्य शत्रुका विरुद्ध उढ्दैनौ, तबसम्म शान्ती र अमनचएन समाजले पाउने छैनन् ।

अब तपाईंहरुले खोलानाला, भिरपाखा, चिहानघारी र उजाड खोरियाहरु, मासानघाट र दोबाटोमा खेल्ने अदृश्य भुतलाइ होईन, सिंहदरबारमा खेल्ने भुतहरुलार्इ हटहट गर्नुपर्छ तब मात्र तिम्रा काला माला, घोडाका बर्गटहरुले तिम्रा बूढो शरीर र तिम्रा सबै सन्तानहरुले र सारा गाउलेहरुले आराम पाउनेछन। कारागारमा सबै भन्दा बढी थुनुवा र बन्दी जजक उद्योगमा थिए। यो नेपालमा पछिल्लो समय अलि बढिनै पाइएको छ । यसमा अनुसन्धान अलि बढी नै पृथक ढङ्गले गरिएन भने यसले समाजमा विकृति ल्याउछ ।

महिलाको बयानलाई मात्र आधार र प्रमाण मान्दा फेरि यो मुद्दामा निर्दोष मानिसहरु पनि फस्न सक्छन र यो मुद्दाको प्रकृति पनि त्यस्तै किसिमको छ। यसलाई जिम्मेवार भनिने पक्षले बेलैमा ख्याल गर्नुपर्ने देखिन्छ। जेलमा सबैभन्दा रमाइलो लाग्ने पल भनेको जब गेटमा आफ्नो नामको पछाडी भेटघाट भनेर बोलाइन्छ, मलाइ भेट्न आउने मान्छेहरु राजनीतिज्ञ, शिक्षा क्षेत्रका मान्छेहरु आफन्तजन र मित्रहरु हुन्छन। भेटघाट पछि बाहिरी संसारको याद आउँछ, आफन्तजनको याद आउँछ र आफ्ना प्रिय मित्रहरुको याद आउछ र पुनः सामान्य अवस्थामा आउन समय लाग्ने रहेछ। म दैनिक घण्टौ लाइन बसेर फोन गर्दथे।

आफन्तजन, घरपरिवार र मित्रहरुलाई फोन गर्दथे। घण्टौ लाई बसेर गरेको फोन नउठ्दा चाहिँ खिन्न लाग्थ्यो। जेलजिवन नै यस्तै हुन्छ, सामान्य कुराले पनि हल्लाउछ किनकी हाम्रो मन अगम्भिर हुन्छ, घरमा फोन गर्दा चिन्ता लिन्छन, आतिन्छन भनेर म फोन गर्दा हासिहासी बोल्थे। आमालाई थाहा दिएको थिएन चिन्ता लिन्छन भनेर दार्इहरुले आमालाई नभन्ने सल्लाह गरेछन्। आमाले कहाँ छ भनेर सोध्दा इन्डिया घुम्न गएको छ भनेछन् । हिरासत र जेलमा छुट्नका लागी थुप्रै प्रस्ताबहरु आउथे र त्यसका लागी मैले सम्झौता गर्नुपर्ने हुन्थ्यो । प्रस्ताव ल्याउनेहरु राजनितिक दल र प्रशासनका मान्छेहरु हुन्थे ।

तर म अराजनीतिक तरिकाबाट छुट्न चाहन्नथे बर्ह राजनीतिक तरिकाबाट जेलमा नै बस्न तयार थिए र भन्थे राजनीतिक तरिकाबाट थुन्न जान्नेले छोड्नपनी राजनीतिक तरिकाबाट नै जान्नुपर्छ । तर सत्ता त्यसो गर्न जान्दैन किनकि यो निर्मोही र निर्दयिहरुको भिडबाट संचालित हुन्छ । निरंकुश सत्ताको उन्मादले उ मानिसबाट पशुमा गिर्नेछ र पशु भयपछी मानिसले उनलार्इ घृणा गर्नेछन् र मानिसको शासन मानिसलार्इनै दिनेछन् । यो समाजको नियम पनि हो ।

लेखक शर्मा अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य हुनुहुन्छ ।