लामोसाँघु विद्युत सबस्टेशनमा आगलागी

काठमाडौं, सिन्धुपलान्चोक जिल्लामा रहेको नेपाल विद्युत प्राधिकरणको लामोसाँघु सबस्टेशनमा आगलागी भएको छ।आइतबार दिउँसो आगलागी भएको हो भने आगो नियन्त्रणमा आइसकेको छ।

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार उक्त सबस्टेशनमा केही साना जलविद्युत आयोजना जोडिएका छन्।

सबस्टेशनसँग उपभोक्ताको घर–घरमा जाने लाईन प्रत्यक्ष नजोडिएका कारण त्यसका प्रतक्ष असर उपभोक्तालाई नपर्ने अधिकारीको भनाई छ।

यद्यपि, राष्ट्रिय प्रशारणलाईनमा जोडिने विद्युत भने घट्नेछ। आगलागीबाट भएको क्षतिको एकीन विवरण प्राप्त भइनसकेको प्रवक्ता अधिकारीले जानकारी दिए।
केही दिनअघि मात्र बर्दघाट सबस्टेशनमा आगलागी भएको थियो । जसका कारण प्राधिकरणलाई १० देखि १२ मेगावाट लोड व्यवस्थापन गर्न अप्ठेरो परेको छ।