मृग मार्न गएका शिकारीलाई उल्टै मृगले मारे पछि…

वाशिङटन, अमेरिकाको अर्कान्सास राज्यमा एक जना शिकारीले मृगलाई गोली चलाएकोमा उल्टै मृगको आक्रमणबाट उनको मृत्यु भएको छ ।

गएको मंगलबार थोमस अलेक्ज्याण्डर नामका ६६ वर्षिय व्यक्तिले यलभिल्ले भन्ने स्थानमा मृगलाई गोली हानेका थिए ।

उनले सफलतापूर्वक गोली चलाएपछि मृग कता ढल्यो भनेर बन्दुक बिसाएर हेर्न गएका थिए । त्यही बेलामा चोट लागेको मृगले आक्रमण गरेको थियो । उनी अनुभवप्राप्त शिकारी नै हुन् । उनले तत्कालै परिवारलाई खबर गरेपछि अस्पताल लगिएकोमा अस्पतालमा नै उनको मृत्यु भएको थियो । (एबीसी न्यूज)