नेपालगञ्जको बिपि चोकमा भिषण आगलागी,यसरी जल्यो सिरक गोदाम

आगो निभाउन ६ वटा दमकल

नेपालगञ्ज, बाँके नेपालगञ्जको विपी चौक नजिकै बिहिवार साँझ भिषण आगलागी भएको छ । केही समय अघिदेखि सुरु भएको आगालगी नियन्त्रणका लागि  ६ वटा दमकल प्रयोग गरीएको छ । स्थानिय विपि चोकमा रहेको आफ्रोज आलमको सिरक गोदाममा आगलागी भएको हो । बिद्युत सर्ट भएर आगलागी भएको आशंका गरीएको छ ।

बेलुका पौने ६ बजेदेखी लागेको आगो निभाउन नेपालगन्ज उपमहानगरपालिकाका २, कोहलपुर नगरपालिकाको १, राँझा विमानस्थलको १, बर्दियाको मधुवन नगरपालिकाको १ र गुलरीया नगरपालीकाबाट झिकाईएको दमकलको प्रयोग गरीएको छ ।

नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानियको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भईरहेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख आफै आगो निभाउन खटिएका छन ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार खड्का, प्रहरी उपरीक्षक बिर बहादुर वली, नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा लगायत आगलागी नियन्त्रणका लागि खटिएका छन ।  विपी चौक नजिकै पेट्रोल भएका कारण आगलागी नियन्त्रणका लागि सुरक्षा निकाय थप सक्रिय भएको छ । घटनास्थलमा सयौंको संख्यामा स्थानीय बासिन्दा समेत जम्मा भएका छन् ।