३९ शवले भरएिको ट्रक सहित २५ वर्षीय ड्राइभर पक्राउ

एजेन्सी । लण्डन स्थित एसेक्स शहरमा हिजो( बुधबार) एक ट्रक (लोरी कन्टेनर) भित्र ३९ शव भेटिएको एसेक्स प्रहरी कार्यलयले जनाएको छ । ग्रेजको वाटरग्लेड इन्डष्ट्रियल पार्क नजिकै एक ट्रकमा शव भेटिएको हो । पुलिसका अनुसार आपतकालीन सेवा पुग्नुअघि ३९ व्यक्तिको मृत्यु भइसकेको थियो । हत्याको शंकामा ट्रक ड्राइभरलाई पक्राउ गरिएको छ । प्रहरी अधिकृतका अनुसार २५ वर्षीय ट्रक ड्राइभरको सम्बन्ध उत्तरी आयरल्याण्डसँग छ ।

एसेक्स पुलिसका एक अधिकारी पिप्पा मिल्सले पत्रकार सम्मेलनमा भनेका छन्, ‘गाडीभित्र भएका सबै ३९ व्यक्तिको मृत्यु भएको छ ।’ उनका अनुसार अहिले शवको सनाखत हुने सकेको छैन र उनीहरु कहाँका हुन् भन्ने पनि पत्ता लाग्न सकेको छैन ।

घटनास्थलमा उपस्थित बीबीसी संवाददाता रिचर्ड स्मिथका अनुसार वाटरग्लेड इन्डष्ट्रियल पार्क नजिकै यो ट्रक देखिएको थियो । उनी भन्छन्, ‘यो एक औद्योगिक इलाका हो जहाँ ठूला गोदाम जस्तो स्थानको अगाडि ट्रक भेटिएको छ । पुलिसले पूरा इलाकालाई एक तरिकाले बन्द गरिदिएको छ । अनुसन्धानमा बाधा नपुगोस् भनेर पुलिसले ठूला ठूला पर्दा लगाइदिएको छ ।’