कमला धामीको ‘आइजा मैना मेरा हुम्ला’ सार्बजनिक

प्रम ओली र मन्त्री योगश भट्टराईले हेर्नु पर्छःगायक जोशी

काठमाडौं । चर्चित देउडा गायक नन्द कृष्ण जोशीले कमला धामीको ‘आइजा मैना मेरा हुम्ला’ नामक देउडा भिडियो प्रधानमन्त्री केपी सर्मा ओली र पर्यटन मन्त्री योगश भट्टराई दुबैले हेर्नु पर्ने धारणा राखेका छन् । सोमबार काठमाडौस्थित संवाद डबलीमा कर्णालीको पहिचान देउडा भिडियो सार्बजनिक गर्दै उनले भिजिट नेपाल २०२०को सन्दर्भमा पश्चिमको उत्कृष्ट देउडा हुने ठोकुवासमेत गरेका छन् ।

कर्णाली कला संस्कृतिक तथा साहित्य प्रतिष्ठानको आयोजना र सर्वसम्मान म्युजिक प्रलिकोे सहकार्यमा भएको सो कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका जोशीले भिडियोको निकै प्रशंसा गर्दै भने–‘कमला कर्णालीकी पुतली हुन् जस्ले सजिलै महुरीको काम गर्न सक्छिन्’ उनमा देखेको खुबीको प्रशंसा गरी उनी थाकेनन् अगाडी भने–‘देउडा सुदुर र मध्य–पश्चिमको संस्कृति, चिनारी हो र यसलाई कसैले विगारेर गाउँछ भने हामीलाई दुःख लाग्ने गर्छ तर कमलाको कलामा त्यो खुवि र नवरस पाएकोमा म गौरावान्भित छु’ ।

त्यस्तै नेकपा ९माओवादी केन्द्र०का महासचिब कर्णजित बुढाथोकी ९सुशिल०ले देउडा भिडियोले राम्रो सन्देश दिएको भन्दै कलाकार कमला धामीको प्रशंसा गरे । उनले केहि समय पहिले कर्णालीको भाषा तथा संस्कृतिलाई अपहेलना गर्ने गरी केही मान्छेहरुले बनाएको देउडा भिडियोप्रति रोष व्यक्त गर्दै भने, “कर्णालीमा एउटा जनचेतनामूलक भिडियो निर्माण गर्ने बेला केही अराजकतत्वहरुले गरेको क्रियाकलाप ज्यादै निन्दनिय छ, त्यस्तोप्रति हामी सतर्क बन्नु पर्छ ।” उनले जनयुद्धका कुरा सम्झिदै भने–“हामी माओवादी पनि समान्ती ब्यवहारमा पुग्यौं अरुको कुरै छोडौं’ हामी पछाडी पर्नुमा पनि हाम्रै हात छ, जहाँ हरेक सय जनामा २० जना सफल र ८० जना सधै असफल हुने गर्दछ त्यसैको परिणाम हो यो आजको राजनिती ।”

प्रतिनिधी सभाका सदस्य छक्कबहादुर लामाले विशेष गरी खासहरुको बस्ती रहेको कर्णालीमा पुरानो जिवनशैली भाषा संस्कृति रहेकाले त्यसलाई जार्गेन गर्न सो भिडियोले महत्वपूर्ण भुमिका खेल्ने धारणा राखे । सांसद लामाले पर्यटन वर्ष २०२० लाई सघाउन त्यहाँको वस्तुस्थिती बुझेकाले सरकारको ध्यानकर्षण गर्न आफू लागी पर्ने प्रतिबद्धता जनाए ।

र्केगाड गाउँपालिका अध्यक्ष कृष्ण रोकाया ‘करुण’ले आफूहरुले गर्न नसकेको कार्य बाहिरबाटा आएर उत्कृष्ठता देखाएकोमा धन्यवाद दिए । उनले अझै पनि केन्द्र र प्रदेश सरकारले स्थानिय तहलाई वास्तविकरुपले अधिकार दिन नचाहेकोप्रति रोषसमेत व्यक्त गरे ।
आयोजक तथा सो देउडा भिडियो निर्माता कलाकार कमला धामीले कर्णाली प्रदेश विकट र गरिब भनि बदनाम भएको तर त्यस्तो नभई आफैमा कुनै कुराको कमी नहेको धारणा राखिन् ।

आफू कालिकोट जिल्लाकी भए पनि हुम्लाको सर्केगड गाउँपालिका कला, सांस्कृतिसँगै पुस्तैनी इतिहास जिवित रहेको र प्रदेशको चिनारी भिडियो बन्नसक्ने सम्भावना देखेकोले त्यहाँकोबारे भिडियो उतार्न लालाहित भएको बताईन् । कर्णाली प्रदेशको सर्केगाड गाउँपालिकाका ८ ओटै वडाहरुको कला–संस्कृतिको विषयलाई देउडामा समेटेर निर्माण गरिएको भिडियोमा कर्णालीको जिवनशैली सहजै देख्न बुझ्न सकिन्छ ।

कलाकार रङ्गमल रोकाया र कमला धामीको नृत्य रहेको देउडा गित सर्वसम्मान म्यूजिक प्रालिका संचालक प्रकाश क्षेत्रीको निर्देशनमा तयार परिएको छ । नवराज घिमिरेको छायाकंन तथा अनिल रानाको सम्पादनमा रहेको छ । त्यस्तै कार्यक्रममा म्यूजिसियन राकेश सोनी तथा गायक धर्मराज न्यौपाने, गायिका गौरी भट्टलगायतको उपस्थिती रहेको थियो ।