आईसीसीद्वारा युएईका कप्तान नाभिद सहित तीन खेलाडीमाथि प्रतिबन्ध

काठमाडौं, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले युनाइटेड अरब इमिरेट्स (युएई) का तीन क्रिकेट खेलाडीलाई निलम्बन गरेको छ ।

खेलमा मिलेमतो (म्याच फिक्सिङ) को आरोपमा आईसीसीले युएईका कप्तान मोहमद नाभिदसहित शाइमन अनवर र क्वाडर अहमेदलाई निलम्बन गरेको हो ।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै तत्कालै लागु हुनेगरि तीन खेलाडीलाई निलम्बन गरिएको जनाएको छ ।

आईसीसीले भ्रष्टाचार सम्बन्धि नियम उल्लंघन गरेको कारण देखाउँदै गरेको छ । उनीहरुले भ्रष्टाचार सम्बन्धि विभिन्न १३ नियम उल्लंघन गरेको जनाएको छ ।

आईसीसीले तीनै खेलाडीलाई आजको दिनबाट १४ दिन भित्र आरोपको जवाफ पठाउन समेत निर्देशन दिएको छ ।

घरेलु भूमिका शुक्रबार सुरु हुने विश्वकपको ग्लोबल छनोट अघि आईसीसीले तीन खेलाडीलाई प्रतिबन्ध लगाएको हो ।