जापानमा आँधीको बितण्डा, मृत्यु हुनेको संख्या ४२ पुग्यो

एजेन्सी, जापानमा आएको शक्तिशाली हागिबिस आँधीका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ।आँधीका कारण १५ जना हराइरहेका छन् भने १ सय ९८ जना घाइते भएको जापानको सरकारी सञ्चार संस्था एनएचकेले जनाएको छ। आँधी प्रभावित क्षेत्रमा ठूलो संख्यामा सेना परिचालन गरी राहत तथा उद्धारको काम जारी राखिएको छ।

बीबीसीका अनुसार राहत र उद्धार कार्यका लागि करिब १ लाख १० हजार मानिस परिचालन गरिएको छ। त्यहाँको मौसम विभागका अधिकारीहरुका अनुसार सामान्यतया वर्षभरी हुने वर्षाको करिब ४० प्रतिशत वर्षा हागबिस आँधीका कारण १/२ दिनभित्रमा भएको थियो । बाढीले २१ वटा नदीको बाँध फुटाएको जापानको भूमि व्यवस्था मन्त्रालयले जनाएको छ।