भारतीय प्रहरीले मोटरको टुक्रालाई पाकिस्तानी ड्रोन सम्झिएपछि……..!

एजेन्सी,भारतस्थित पन्जाब राज्यको सरकारले दुईवटा पाकिस्तानी ड्रोन बरामद गरेको दाबी गरेको छ। पन्जाबका अधिकारीहरुका अनुसार उक्त ड्रोनले सीमा पारीबाट हतियार तस्करीमा सहयोग पुर्याउँदै आएको थियो।

दुई ड्रोनको अलवा अमृतसर प्रहरीले जुन उपकरणलाई पाकिस्तानी ड्रोन भनेर दाबी गरेको थियो उक्त ड्रोन ड्रोन नभएर त्यो पानी तान्ने मोटरको विग्रिएको टुक्रा भएको बीबीसी हिन्दीले जनाएको छ।

यसैगरी अमृतसरका डीएसपी बलबीर सिंहले शुक्रबार मुहावा गाउँमा पाकिस्तानी ड्रोन आफ्नो नियन्त्रणमा लिएको दाबी गरेका थिए।

इन्डियन एक्सप्रेसको खबरका अनुसार बलबीर सिंहको दाबी गलत हो। गत महिनामात्र त्यहाँ ड्रोन बरामद भएको थियो। शुक्रबार कुनै ड्रोन बरामद भएको छैन।