यसरि राउटे पनि झाँकीसहित सहभागि भए कर्णाली प्रदेशको संविधान दिवसमा

बिरेन्द्रनगर,सुर्खेत मुलुकभर संबिधान दिवस मनाइएको छ । कर्णाली प्रदेशमा भने कर्णाली प्रदेश सरकारले आयोजना गरेको संबिधान दिवसको कार्यक्रममा जंगलका फिरन्ते राउटे समेत सहभागी भएका छन ।

उनिहरु संबिधान दिवस मनाउन गाउँबाट बिरेन्द्रनगर आएका हुन । कर्णाली प्रदेश सरकारले संबिधान दिवसको अबसरमा निकालेको र्यालीमा उनिहरुको सहभागीता रहेको हो ।

र्यालीमा स्थानीय झाँकी देखि बिभिन्न क्षेत्रबाट आम नागरकिको उपस्थीती रहेको थियो । कार्यक्रममा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेश सरकार कर्णाली बिकासका लागि आफुले केहि कसुर बाँकी नराख्ने बताएका थिए ।