यसकारण भारतले लगायो ई–सिगरेटमा प्रतिबन्ध

यस्तो छ ई–सिगरेटको खतरा

एजेन्सी, मोदी सरकारको १८ सेप्टेम्बरमा बसेको क्याबिनेट बैठकले ई–सिगरेटमाथि पूर्ण प्रतिबन्ध लगाएको छ। यो निर्णय ई–सिगरेटले गर्दा भएको क्षतिलाई ध्यानमा राखी लिइएको हो। विश्वका धेरै देशले यसमाथि पहिला नै प्रतिबन्ध लगाइसकेका छन्।

संसार भरी नै ई–सिगरेटका विरूद्ध बिस्तारै आम सहमति बन्दै गइरहेको छ। यसका कारण धेरै देशले विश्वमा बढ्दै गईरहेको मृत्यु प्रतिशतमा चिन्ता व्यक्त गर्दै आएका छन्। केही देशले यसमाथि पहिला नै पूर्णरूपमा प्रतिबन्ध लगाई सकेका छन् भने केही देशमा ई–सिगरेटमाथि आंशिक प्रतिबन्ध लगाइएको छ।

भारतको मोदी सरकारले यसलाई पूर्ण प्रतिबन्धित गर्ने निर्णय गरेको छ। यसको उल्लंघन गर्नेलाई पहिलो पटक कम्तिमा एक वर्ष कैद वा १ लाख रूपैयाँ जरिवाना अथवा दुवै हुनसक्ने भनिएको छ । दोस्रो पटक भने जरिवाना ६ लाख रूपैयाँ र तीन वर्ष जेल सजाय हुन्छ। यस प्रतिबन्धमा ई–हुक्का पनि समावेश रहेको छ ।

सरकारको यो निर्णय आउनु अघि भारतमा टेक्निकल रूपमा यसको बिक्रीमा कुनै प्रतिबन्ध लगाइएको थिएन। न त यसको बिक्रीका लागि ‘सेंट्रल ड्रग्‍स स्‍टेंडर्ड कंट्रोल अर्गेनाइजेशन’ (Central Drugs Standard Control Organization – CDSCO)बाट अनुमति लिनु आवश्यक रहेको थियो ।

सरकारी तथ्याकअनुसार जुलाई २०१९ सम्म भारतमा ई–सिगरेटका ४६० वटा ब्राण्ड प्रचलित रहेका थिए । यी ब्राण्डले सात हजार भन्दा बढी स्वादमा (फ्लेवर आफ्ना उत्पादन) बेचबिखन गरिरहेका थिए। यस अघि भारतमा २०१८ को अगस्त महिनामा स्वास्थ्य र परिवार मन्त्रालयले ई–सिगरेटको विज्ञापनमाथि प्रतिबन्ध लाएको थियो । २०१९ को फेब्रुअरीमा CDSCO ले एक विज्ञप्ति जारी गरि भारतका सबै राज्यहरुमा यसको बिक्रीमा प्रतिबन्ध लाउन आग्रह गरेको थियो । यसका साथ सबै राज्यका ‘ड्रग कन्ट्रोलर’हरुलाई यसको अनुगमन गर्न निर्देश दिएको थियो।

ई–सिगरेटलाई सामान्यतया धूम्रपानको विकल्पको रूपमा लिइन्छ । अनुसन्धानबाट यसको उपभोगले दम लगायत अन्य धेरै रोग हुने देखाएको छ । यसमा प्रयोग गरिएका घातक रासायनिक सम्मिश्रणले ‘पपकान लंग्स’ एवं ‘लंग्स क्यान्सर’को जोखिम द्रुत गतिमा बढ्दै गईरहेको छ । ई–सिगरेट एक प्रकारको ‘इलेक्ट्रोनिक इनहेलर’ हो, यसमा निकोटिन का साथै अन्य रसायनयुक्त तरल पदार्थ रहेका हुन्छन् ।

यस ‘इनहेलर’ले ब्याट्रीबाट उर्जा प्राप्त गरी यसमा रहेको तरल पदार्थलाइ धुवामा रूपान्तरण गरी दिन्छ , जसले गर्दा सिगरेट पिउनेहरुले ई–सिगरेट पिउन मन पराउँछन । केही दिन अघि अमेरिकाको न्युयोर्कमा पनि ई–सिगरेट प्रतिबन्धित गरिएको थियो । यसभन्दा पहिला पनि केही अमेरिकी राज्यहरूले यसको बिक्रीमा पूर्ण प्रतिबन्ध लगाइसकेका छन्।

न्यूयोर्कमा हाल तम्बाकू र मेन्थलको बिक्री प्रतिबन्धित छैन। न्युयोर्कको बारेमा कुरा गर्दा, भर्खरको एक सर्वेक्षण रिपोर्टले स्कुले विद्यार्थीहरूमा ई–सिगरेटको प्रचलन बढेको कुरा पत्ता लागेको थियो । रिपोर्टका अनुसार २०१४–२०१८ को अवधि मा त्यहाँका स्कूल मा ई–सिगरेटको खपतमा १६० प्रतिशतले वृद्धि भएको छ।

जापानमा पनि ई–सिगरेट निषेध गरिएको छ, यस बाहेक, ब्राजिल, सिंगापुर, मेक्सिको, उरुग्वेमा पनि ई–सिगरेटमाथि पूर्ण प्रतिबन्ध लगाइएको छ। इंग्लैण्डमा भने ई–सिगरेटमाथि आंशिक प्रतिबन्ध रहेको छ।