पाकिस्तानका प्रधानमन्त्री इमरान खान यसकारण जाँदैछन् काश्मीर

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खान आज(शुक्रबार) पाकिस्तान प्रशासीत काश्मीरको राजधानी मुजफ्फरावाद जाने भएका छन् ।

भारतले काश्मीरमा गएको अगस्ट ५ मा काश्मीर मामिला सम्बन्धी संविधानको धारा ३७० खारेज गरेपछि पाकिस्तानका प्रधानमन्त्री खान दोस्रो पटक त्यस क्षेत्रमा जान लागेका हुन् ।

पाकिस्तानका प्रधानमन्त्री खानले भारत प्रशासित काश्मीरका जनताप्रति ऐक्यबद्धता प्रकट गर्नको लागि आफू त्यहाँ जान लागेको जनाएका छन् ।

२५ सेप्टेम्बर सम्म काश्मीरीप्रति ऐक्यबद्धता जनाउने उनले पहिला नै घोषणा गरेका थिए । उनी गएको शुक्रबार पनि त्यहाँ गएका थिए ।

उनको यो भ्रमणका क्रममा उनको पार्टीका समर्थक तथा सर्वसाधारणको पनि सहभागिता हुने जनाइएको छ । पहिला कुनै तयारी बिना नै खान त्यहाँ गएकोमा यसपालि भने विशेष तयारी सहित जान लागेका हुन् ।