स्वतन्त्र दलित बिद्यार्थी संगठनको अध्यक्षमा धन बहादुर नेपाली चयन

सुर्खेत,बिरेन्द्रनगर  मध्यपश्चिम बिश्वबिद्यालय स्वतन्त्र दलित बिद्यार्थी संगठनको अध्यक्षमा धन बहादुर नेपाली चयन भएका छन । बिहिबार भएको प्रथम भेलाले धन बहादुर नेपालीको अध्यक्षतामा १७ सदस्यीय समिति गठन भएको हो ।


त्यस्तै भेलाले‘उच्च शिक्षा निशुल्क प्राप्तिका लागि सबै दलित विद्यार्थी एक होऔँ भन्ने नारा सहित भएको भलेलाले उपाध्यक्षमा ज्योति बिक सचिबमा टेकम बिक सह सचिबमा सुरेश सार्की र कोषध्यक्षमा कल्पना बिकलाई चयन गरेको छ ।

दलित बिद्यार्थीको लागि हक हितको लागि आवाज बुलुन्द गर्ने उदेश्यले दलित बिद्यार्थी संगठन गठन गरिएको संगठनका अध्यक्ष धन बहादुर नेपालीले बताए । नेपालीले बिश्व बिद्यालयका बिद्यार्थीहरूकाे समास्याहरूकाे बिषयमा संगठानिक रूपमा गम्भिर ढंगले लाग्ने प्रतिबद्धता ब्यक्त गरे ।