उपनिर्वाचनका लागि सत्तारुड नेकपाद्वारा दल दर्ता
काठमाडौं । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दल दर्ताको लागि निवदेन दिएकाे छ ।
तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकिकरण पश्चात नेकपाले निर्वाचन आयोगमा उपनिर्वाचनका लागि दल दर्ता लागि निवेदन दिएको हो ।
नेकपा सचिवालय बैठकले दल दर्ताको लागि पार्टी महासचिव विष्णु पौडेललाई जिम्मा दिएको थियो । दल दर्ताका लागि विहिबार विहान महासचिव पौडेल सहितको टोली निर्वाचन आयोग पुगेको थियो ।
एकीकरणपछि गठित दलले उपनिर्वाचनमा पुन: दल दर्ता गर्नुपर्ने व्यवस्था अनुसार निर्वाचन आयोगले एक महिने सूचना प्रकाशित गरेको थियो।
प्रतिनिधिसभामा एक सिटसहित ५० पदमा मंसिर १४ गते उपनिर्वाचन हुँदै छ । प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ मा त्यस्तै, प्रदेश अन्तर्गत दाङ क्षेत्र नम्बर ३ को ‘ख’, बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’ र भक्तपुर–१ ‘ख’ मा मंसिरमा चुनाव हुन लागेको आयोगले जानकारी दिएको छ ।