श्रीमतीले गरिन् गाउँपालिका अध्यक्षविरुद्ध बहुविवाहको मुद्धा दर्ता

बुटवल, प्युठानको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीविरुद्ध उनकी श्रीमतिले दोश्रो विवाह गरेको भन्दै बहुविवाहको मुद्धा दायर गरेकी छन् ।

उनकी श्रीमती सीता केसीले आफु हुँदाहँुदै कान्छी श्रीमति विवाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय प्युठान मार्फत जिल्ला अदालतमा बहुविवाहको मुद्धा दर्ता गराएकी हुन ।

प्युठानका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कार्कीले अध्यक्ष गिरीविरुद्ध अदालतमा भदौ १० गते बहुविवाहको मुद्धा दर्ता भएको जानकारी दिए । डिएसी कार्कीले भने, ‘उहाँकी श्रीमतिले जाहेरी दिएपछि गाउँपालिकाको अध्यक्ष कै घरमा हामी पुग्यौं । उहाँ भने सम्पर्कमा आउनु भएको छैन । हामीले उहाको फोनमा सम्पर्क राख्दा पनि सम्पर्क हुन सकेन ।’

गिरीकी श्रीमति सिताले भनिन्, ‘हामीले २०५७ सालमा विवाह गरेका थियौं । हाम्रा १७ वर्षीया एक छोरी र १२ वर्षीय एक छोरा छन । २०६७ सालसम्म हाम्रो दाम्पत्य जिवन सुखत नै थियो । २०६८ सालमा आएर उहाँले म माथी जालझेल गर्नु भयो । जग्गा बाबुका नाममा पास गरेर थोरै ख¥यान मात्रै राखेर बुवाले बस्न दिनु भएन हिड डेरा गरेर बसौं भनेर प्युठान बजारमा ल्याएर डेरा गरी राख्नु भयो ।’

उनले आफू अहिलेसम्म विजुवारमा डेरा बसेको बताइन् । ‘म अहिले सम्म विजुवारमा डेरा गरि बसेकी छु । विद्यालयमा पढाएर छोरा छोरी हुर्काउँदै आएको छु । उहाँले २०६८ सालदेखि नै बेवास्ता गर्दै आउनु भएको छ । उहाँले बेवास्ता गरे पनि श्रीमान नै चुनावमा उठेपछि म गाउँमा गएर माइतीमा बस्दै श्रीमानको चुनावको प्रचारमा ह्डिेँ , मेरा माइती र घर एउटै गाउँ वडा नम्वर ४ को पुजा गाउँमा हो,’ सीताले भनिन्, ‘ भोट हाले पछि फर्केकी हुँ । उहाँ त्यति बेला पनि म संग बोल्ःनु भएन । बाटोघाटमा जम्घाभेट हुँदा अस्लील शब्द प्रयोग गरेर झपार्नु हुन्थ्यो । छोरीसँग भने कहिले काँही फोनमा कुराकानी हुन्थ्यो । उहाँले असार २९ गते प्युठान नगरपालिकाकी एउटी १७ वर्षीया किशोरीलाई विवाहा गरि घर भित्राएको जानकारी पाएपछि मैले बहुविवाहको मुद्धा दिएकी हुँ ।’

उनले आरोप लगाए झैं ति किशोरी १६ बर्ष कै र विवाह ठहर भए गाउँपालिका अध्यक्ष थप समस्यामा पर्ने देखिन्छ । १८ बर्ष भन्दा कम उमेरका किशोरलाई मुलुकी संहिता २०७४ ले बालिका मानेको र त्यो उमेरकालाई विवाह गर्ने पुरुषविरुद्ध जवरजस्ती करणीको मुद्धा लाग्ने कानुन व्यवसायीहरु बताउछन् । गाउँपालिका अध्यक्ष गिरी नेपाली काँग्रेसबाट उमेदवारी दिएर विजयी भएका थिए ।