स्वैच्छिक श्रमदानमा आफै मन्दिर बनाउन जुटे गाउँले

कालीकाेट,पचालझरना गाउँपालिका वडा नं ४ ले जनताको श्रमदानमा मन्दिर निमार्ण गर्ने भएको छ । वडा नं ४ का अध्यक्ष अरुण रोकायको पहलमा श्रमदान मार्फत मन्दिर निमार्ण हुन लागेको हो ।

शनिबार एक कार्यक्रमको आयोजना गरि मन्दिरको कामको सुभारम्भ गरिएको बडा अध्यक्ष रोकायाले जानकारी दिए । अध्यक्ष रोकायाले भने गाउँपालिकाले मन्दिर बनाउन भनेर २ लाख बजेटकाे ब्यवस्थापन गरेकाे छ । मन्दिरकाे अनुपातमा बजेट कम छ बजेटले मात्रै सोचको काम हुन सक्दैन ।

त्यसैले जनताको स्वैच्छिक श्रमदानमा मन्दिर निमार्ण गर्न लागेका हौँ । मन्दिर निमार्ण भनेको समय भन्दा छिटै हुने रोकायाले जानकारी दिए  ।