अछाम जिप दुर्घटना : मृत्यु हुनेको संख्या ३ पुग्यो

अछाम, अछामको बान्नीगढि जयगढ गाउपालिकामा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या तिन पुगेको छ ।

उपचारका क्रममा बयालपाटा अस्पतालमा थप २ जनाको मृत्यु भए संगै मृत्यु हुनेको संख्या तिन पुगेको हो ।

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ४ का अशोक परियारको दुर्घटना स्थलमै मृत्यु भएको थियो भने उपचारका क्रममा सोही स्थानका काले परियार र बैतडी स्थाई घर भई अछाममा सवारी चालकको काम गर्दै आएका लाल बहादुर बोहराको मूत्यु भएको छ ।

रामारोशन गाउँपालिकाको मुजाबगरबाट जयगढ अाउदै गरेको से १ ज ९९५ नम्वरको जिप जयगढ माझेठाना सडक खण्ड अन्तर्गत सुकिबाग डिल्ली बजार नजिक बुधवार साँझ सडक बाट करिव ५ सय मिटर तल खसेको थियो ।

घाईते हुनेमा बान्नीगढि जयगढ गाउँपालिका वडा नम्वर ४ का तर्क तिमिल्सेना कैलाली घोडाघोडी नगरपालिका स्थाई घर भएका सवारी चालक जँङिर चौधरी र धनगडी उपमहानगरपालिकाका स्थाई घर भएका घनश्याम चौधरी रहेका छन । घाईतेहरुको बयालपाटा अस्पतालमा उपचार भईरहेको प्रहरीलेे जनाएको छ ।