के दीपिका पादुकोण गर्भवती छिन् ?

एजेन्सी, बलिउड अभिनेत्री दीपिका पादुकोणले आफ्ना श्रीमान् रणवीर सिंहलाई ड्याडी भनेर फसेकी छिन् ।

 

उनले यसो भनेपछि अब उनका प्रशंसक उनी साँच्चै नै गर्भवती भएकी हुन् त भनेर जान्ने कोसिस गरिरहेका छन् ।

भएको के थियो भने रणवीर सिंह इन्स्टाग्राममा लाइभे थिए । यसमा दीपिका पादुकोणले कमेन्ट गरिन्, ‘हाई ड्याडी’ । यो कमेन्टसँगै उनले एउटा बच्चा र मायाको इमोजी पनि कमेन्ट बक्समा पोष्ट गरिन् ।

त्यसपछि धेरैजसो प्रशंसकले दीपिका पादुकोण गर्भवती छिन् कि भनेर अनुमान गरे । यद्यपि, रणवीर सिंहले ड्यामेज कन्ट्रोल गर्दै लेखे, ‘हाय बेबी’ । तर रणवीर कपुरका नजिकका साथी अर्जुन कपुरको कमेन्टपछि यो कुराले थप बल पाएको छ ।

यो पोष्टमा अर्जुनले लेखे, ‘बाबा, भाउजुले तपाईंलाई एउटा दिने भएकी छिन् ।’ यही कमेन्टलाई आधार बनाएर दीपिका पादुकोण गर्भवती भएको हो कि भन्ने चर्चा पुनः सुरु भएको छ ।

स्मरण रहोस्, यो वर्ष जब दीपिका पादुकोण कान्समा उपस्थित थिइन् त्यतिबेला पनि उनी गर्भवती भएको अफवाह फैलिएको थियो ।