पाकिस्तानद्वारा लद्दाख नजिक युद्ध विमान तैनाथ

के गर्ला भारत ?

एजेन्सी ,जम्मु–कश्मीरलाई विशेषाधिकार दिने धारा ३७० का प्रावधान अन्त्य गरिएपछि रिसाएको पाकिस्तानले लद्दाखनजिक युद्ध विमान तैनाथ गरेको छ ।

पाकिस्तानमा रहेको गिलगिट बाल्टिस्टानमा रहेको स्कर्दू विमानस्थलमा पाकिस्तानले जेएफ–१७ युद्ध विमान तैनाथ गरेको हो । भारतीय सुरक्षा संयन्त्रले यसमा कडा निगरानी गरिरहेका छन् ।

सूत्रहरूका अनुसार, कश्मीरमा तनावको स्थिति भएकाले लद्दाख नजिक अग्रिम चौकीहरूमा भारी मात्रामा हरियार र सैन्य सामग्री पाकिस्तानले तैनाथ गरेको छ । शनिवार मात्रै पाकिस्तानी वायुसेनाका तीनवटा सी–१३० हरक्युलिस परिवहन विमानले सैन्य सामग्री स्कर्दू हवाई अड्डामा पुर्‍याइएको छ ।

त्यहाँ पुर्‍याइएको सैन्य सामग्रीको उपयोग युद्धका बेलामा लडाकू विमानको सहायताका लागि गरिन्छ । भूउपग्रहीय तस्वीर हेर्दा पाकिस्तानले कराची, ओरमारा र ग्वादर बन्दरगाहको जलसेना अड्डा खाली गराएको देखिन्छ । विशेषज्ञहरूले यसबाट गडबडीको संकेत पाइने बताएका छन् ।

कराचीको जलसैनिक डोकमा तीनवटा मात्र जहाज छन् जबकि धारा ३७० हटाइनुअघिका भूउपग्रहीय तस्वीरमा ठूलो संख्यामा जहाज थिए । पाकिस्तानअधीनस्थ कश्मीरमा पनि भीआईपी उडान बढेका छन् । विगत चार दिनमा त्यहाँ चारवटा उडान भइसकेका छन् । एउटा भूउपग्रहीय तस्वीरमा गल्फस्ट्रीम विमान पीओकेमा देखिएको छ ।