हामी लम्पट थियौँ र छौँ, तर यो हिसाब भविश्यमा जरुर मागिने छ …

दोश्रो विश्व युद्धताका कोरियन नागरिक माथि भएको उत्पीडन र जापानिज कम्पनिले गरेको शोषणको सोध भर्ना दाबी गर्दै , जापान माथि अहिले प्रश्न उठिरहेका छन । यही कारण तिक्तता बढीरहेको छ ।

भेनेजुएलामा भएको जनसंघर्षमा आफ्ना कम्पनिलाई भएको नोक्सानीको वाध्यत्मक सोधभर्ना गराउने बेलायत, जर्मनी, बेल्जियम अरुलाई भाषण दिन्छन ।

तर विश्व युद्दहरुमा बालात धकेलिएका लाखौं नेपाली जो फ्रान्स, मलाया, इजिप्ट, मेसोपोटमिया, आदी ठाउमा ( चाकारीकै लागि बली दिइए, उनिहरुको ईतिहास र नेपालीले पाउने न्याय खै ? कोरियाले १९६५ को सन्धी मान्दिन भनेर जापानलाई न्यायको कथाघरामा ल्याउन सक्छ तर नेपाल आफ्नो लाखौं युवाको बलिदानिको हिसाब माग्न सक्दैन ।

किनकी अहिलेपनी नेपाल चाकारीको र घुडा टेक्ने जुगमा छ । हाम्रो गरीविको फाईदा उठाउदै श्रमको शोषन गर्ने खाडी देखी विश्वका कुनैपनी देशसँग औंला उठाउने नेतृत्व र ब्यबस्था आवश्यक छ ।

हाम्रा लाखौं सेना कि त मारिए अर्काको निम्ती कि खालि हात फर्काइए, यसको हिसाब विश्वका महाशक्ती भनिने देशहरुले दिनुपर्छ ।

पचास लाख जनसंख्या हुँदा ५ लाख युवा अर्काको कारण भएका युद्धमा नधकेलिएको भए, तिनको मृत्‍यु फोकटको नभएको भए, बाच्नेहरु खालिहात नफर्काइएको भए, कुनै सरकारले यो अन्यायको बिरुद्द हिसाब मागेको भए नेपाल पनि बिकसित देश हुन्थ्यो । हामी लम्पट थियौँ र छौ, तर यो हिसाब भविश्यमा जरुर मागिने छ ।

एक मृत्‍युको एक करोड डलर सोधभर्ना गर्छन् बेलायत, अमेरिका आदी देशले ?? होइन भने आजपनी गोर्खा भर्ती लिएर नेपाली युवाका लास माथि भएको अन्यायको कथा समाप्त गर्नु पर्छ ।

भोली एउटा दिन आउनेछ हामी संसार भरिका देशलाई प्रश्न सोध्ने र हाम्रा विद्यार्थी, मजदुर र सेना माथिको उत्पिडानको जवाफ कडा रुपमा खोज्ने छौ, चाहे त्यो अष्ट्रेलिया होस्, चाहे बेलायत, अमेरिका वा खाडी ।

हाम्रो पसिनाको अबमुल्यनको हिसाब गरेर छोडने हो । हाम्रा यताका एडाहरुले के बुझ्दैनन भने, कोरियाले हिसाब र न्यायको कथा पुनरुत्खनन गर्न सक्छ भने नेपालले पनि सक्छ, यसमा दम बाहेक अरु केही चाहिन्न ।