कागज उद्योगको गोदाममा आगलागी हुँदा लाखौको क्षेति

सोलुखुम्बु, सोलुखुम्बुको लिखुपिके गाउँपालिका १ गोलीमा संचालित पिके हिमचुली नेपाली कागज उद्योगको गोदाममा आगलागी हुदा करिब ४३ लाखको क्षेति पुगेको छ ।

मंगलबार राति विद्युत सर्टबाट भएको आगोलागीबाट विक्रिका लागि तयारी अवस्थामा रहेका नेपाली कागज, अर्गेली, लोक्ता लगायतका सामग्री नष्ट हुदा ४३ लाख बराबरको क्षति पुगेको उद्योग संचालक गणेश बहादुर बस्नेतले जानकारी दिए । आगलागीबाट ३५ हात लम्बाई र १४ हात चौडाईमा निर्माण गरिएको दुई तले गोदाम पुर्ण रुपमा जलेर नष्ट भएको छ ।

२०६५ सालमा स्थापना गरिएको उद्योगले बर्षको ८ महिना २० देखि ३० जनाले प्रत्यक्ष रुपमा रोजगारी दिदै आएको थियो । उद्योगको मेसिन खरिद तथा आवश्यक संरचना निर्माणका लागि हिमाली आयोजनाले २० लाख अनुदान प्रदान गरेको थियो । घटनास्थलमा प्रहरी पुगेर मुचुल्का उठाउन बाँकी रहेको संचालक बस्नेतको वताए ।