उहिले जनयुद्धकी कलाकार अहिले चर्चित देउडा खेलाडी कमला धामी
अहिले कमला धामी भनेर नचिन्ने कमै छन जो देउडा प्रेमी छन उनिहरु प्राय कमलाका फेन भएका छन । मध्य तथा सुुदुर पश्चिममा आफनो बेग्लै पहिचान बनाएकी कमला अहिले चर्चित देउडा खेलाडि छन । मौलिक भेषभुुषामा झमक्क परेकी कमला कणार्लीको आफनै पहिचानमा भेटिन्छीन ।
कुराकानी समेत देउडामा गर्न रुचाउने कमला देउडा संरक्षण अभियानमा दिलो ज्यान दिएर लागेकी छन । उनलाई आफनो इतिहास देखि पछुतो हैन गर्ब लाग्छ । जनयुद्धले चेतनशिल बनाएको बताउने कमला आफु पनि जनसाँस्कृतिक कलाकारमा काम गरेको बेलि बिस्तार लगाउछिन ।
प्रस्ट कर्णालीको खस भाषामा बोल्ने कमला अरुको सिको र पश्चिमा साँस्कृतिको बिरोध गर्छिन ।
बाल्यकालको त्यो पछुतो
कालिकोटको मेहलमुढीमा जन्मिएकी कमला बाल्यकाल सम्झदा चकित पर्छिन । भन्छिन बाल्यकाल पाएको भएँ पढथेँ लेख्थेँ धेरै बुझने हुन्थेँ । कम्तिमा पढेलेखेको भए यो भन्दा अझै राम्रो काम गर्थे होला ।
कमलालाई एकमात्र पछुतो छ बाल्यकालमा पढन नपाएकोमा । जनयुद्धको प्रभावित भुमि कालिकोट त्यसैमा मेलमुढी माओबादीशसस्त्र युद्धको अमिट छाप त्यसैको प्रबाहमा परेकी कमला सानैमा पुर्णकालिन कार्यकर्ता भइन ।
गाउँगाउँमा भएको प्रहरी धरपकड र दमन आखैले देखेकी कमला बाँचे मुक्ति मरे मृत्यु भनेर युद्धमा होमिइन । जम्मा १२ बर्ष की कमला माओबादीको जनसाँस्कृतिक टिममा जोडीएर काम गरिन ।
जनयुद्धले अक्षर चिन्ने बनाएपनि प्रमाणपत्रको दुनियामा अनौपचारीक शिक्षाको महत्व नहुने बताउछिन । कणार्लीको सामाजसंग सानै बिद्रोहो गरेको दावी गर्ने कमलाका सपना कमल फुल जस्तै थिए । यथार्थता भोगाई निक्कै भिन्न भैएकाे बताउछिन ।
भुमिगत जिवन घरबाट ३ जनाको बलिदान
२०५८ सालदेखि माओवादी आन्दोलनमा लागेकी कमला धामी तत्कालीन माओवादीको सांस्कृतिक संगठन काञ्जिरोवा सांस्कृतिक परिवारमा काम गरिन । कलाप्रतिको मोहले उनलाई कलाकार बनायो ।
अपिसैपाल साँस्कृतिक परिबार लगायतका बिभिन्न साँस्कृतिक टिममा काम गरिसकेकि कमला माओवादीको जनमुक्ति सेनामा समेत काम गरिन । देश र जनताको मुक्तिको सपना देख्दै युद्धमा लागिन् ।
तत्काल युद्धको समयमा होस वा शान्तिप्रक्रियापछिको समय कमलाका अधिकांश दिन सर्वहारा वर्गको मुक्तिको सपना देखिएका गीत संगीत गाउनमै व्यतित हुन्थे ।
अलपत्र छन दाईका सपना पनि
जब जब दशैँ तिहार आउछ कमला आफनो दाइलाई सम्झिन्छन । कमलाको हर तिहार उदासीन भएर बित्छन । दाईलाई जनयुद्धमा गुमाएकी उनि कहिलेकाँहि दिक्क हुन्छीन । नेताहरुको चालाबाला हेर्छिन देशको अस्तब्यस्त राजनितिक अबस्था हेर्छिन दिक्क हुन्छिन ।
जब तिहार आउछ सप्तरंगी टिका र मालासंग दाई अरबिन्द धामीलाई सम्झिन्छिन । अरबिन्द कैलालीको लम्की ब्यारेक कब्जा गर्दा शहिद भएका थिए । त्यस्तै दाइका छोरा भदै पुर्वको सोलुखुम्बु कब्जा गर्दा शहिद भए । भने उनका भिनाजु नौलासिंह धामी पनि शहिद छन ।
परिबारबाट तिन तिन जनाको बलिदान भएको कमलाको परिबारको सपना भने बदलिएको छैन । यहि परिबर्तनका लागि ज्यान समेत सुम्पेकी कमला कहिलेकाँही यो परिबर्तनदेखि गम खान्छीन ।
देउडाबाटै सामाजिक क्रान्ति गर्छु
मृत्युलाई जितिसकेकि कमला अब कसैको पछि नलाग्ने बताउछिन । बरु आफै देउडा संरक्षण र बचाउ अभियानमा प्रतिबद्ध भएर लाग्ने अनि यहि बाटै सामाजिक क्रान्ति गर्ने दावी गर्छिन ।
उनि भन्छिन अब बाचुन्जेल सामाजमा भएका बिकृति बिसंगतिका बिरुद्ध चेतनामुलक सन्देश दिने गितहरु गाउनेछु । आफना गितहरुले कर्णाली ,सुदुरपश्चिमका जिल्लाहरुमा ब्याप्त छाउपडि प्रथा बहुपति प्रथा र बिसंगतिका बिरुद्ध आफना देउडा गितले क्रान्ति गर्ने बताउछिन ।
हेर्नुसमा भिडियाेमा कुराकानी