जब श्रीमती र दुई सन्तानको हत्या गरि डाक्टरले गरे आत्महत्या….

एजेन्सी । भारतको गुडगाव शहरमा एक डाक्टरले आफ्नी श्रीमती र दुई सन्तानको हत्या गरेका छन् । लगत्तै उनी आफैंले झुण्डिएर आत्महत्या गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।हिजो(सोमबार) चारैजनाको शव उनीहरु बसिरहेको फ्ल्याटमा भेटिएको हो । घटनास्थलमा पुलिसले एउटा सुसाइड नोट पनि भेटेको छ, जसमा परिवारलाई राम्रोसँग चलाउन नसकेको भनि लेखिएको छ ।

भारतीय मिडियामा प्रकाशित रिपोर्टका अनुसार वर्षीय डा. प्रकाश सिंह एक फार्मा कम्पनीमा काम गर्दथे । प्रकाशकी श्रीमती कोमल एउटा स्कूल चलाउँथिन् ।

१८ वर्षिया छोरी अदिती जामिया युनिभर्सिटीबाट ग्रेजुएशन गरिरहेकी थिइन् । त्यस्तै १५ वर्षीय छोरा आदित्य स्कूलमा पढीरहेका थिए ।

पुलिस अधिकारी सिलोचना गजराजले फ्ल्याटबाट श्रीमान्–श्रीमती र दुई सन्तानको शव भेटिएको पुष्टि गरे । उनले भने, ‘सुरुवाती अनुसन्धान गर्दा प्रकाशले शुरुमा श्रीमती कोमल र त्यसपछि दुई सन्तानको हत्या गरेको खुल्न आएको छ ।

त्यसपछि उनले झुण्डिएर आत्महत्या गरेको देखिएको छ ।’उनले पोष्टमार्टम रिपोर्टपछि स्थिती थप स्पष्ट हुने बताएका छन् ।