अब नेपाल आत्मनिर्भर हुनुपर्छः नेता भट्टराई

नेपालगन्ज ,बाँके नेकपाका युवानेता योगेश भटराईले अब नेपाल समृद्धीको बाटोममा द्रुत गतिमा बढनु पर्ने धारणा राखेका छन ।

नेपालगन्जमा लोकप्रिय सन्देश दैनिक पत्रिकाद्वारा आयोजित बजेट र समाजवादको यात्रा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता भटराईले नेपाल आत्मनिर्भरताको बाटोमा बढनुपर्ने बताएका हुन ।

भट्टराइले अब नेपालले बिदेशी युवाहरुलाई रोजगार दिने बातावरण तयार गर्न सरकार लागिपर्नु पर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै नेकपाका युवा नेता भटराईले नेपाली युवाहरुले बिदेशी भुमिमा बगाउनु पर्ने पसिना नेपालमा बगाउनुपर्ने भन्दै नेपाललाइ सबै ढंगले बिकास गर्नुपर्नेमा जाेड दिए  ।

त्यस्तै नेता भट्टराईले मिडियाका बिषयमा सरकार कठोर ढंगले लाग्न नहुने भन्दै बिज्ञापनहरुमा स्वेदेशी कलाकारहरुले अबसर पाउनु पर्ने समेत बताए ।