एक केजी ६ सय ४९ ग्राम अवैध सुनसहित एकजना पक्राउ

मकबानपुर,इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले जिल्लाको हेटौँडा उपमहानगरपालिका(१५ रातमाटेबाट डेढ केजी भन्दा धेरै सुनसहित एकजनालाई पक्राउ गरेको छ।

काठमाडौंदेखि वीरगञ्जतिर गइरहेको ना ८ ख ३७९३ नम्बरको बसमा चेकजाँचका एक किलो ६ सय ४९ ग्राम ८९० मिलिग्राम सुनसहित भोजपुरको षडानन्द नगरपालिका(४ निवासी २९ वर्षीय ल्वागुन बिकलाई पक्राउ गरेको हो ।

बरामद भएको सुनको बजार मूल्य ८५ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक अरुणकुमार कुशवाहको कमाण्डमा खटिएको प्रहरी टोलीले बिकको जुत्ता र पाइन्टको खल्तीमा लुकाएर ल्याउँदै गरेको अवस्थामा सुनसहित नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख उपरीक्षक मुकेशकुमार सिंहका अनुसार पक्राउ परेका बिकले यसअघि पनि अबैध सुनको कारोबारमा संलग्न भएको स्वीकारेको बताए ।