क्यान्सर पीडित ५५ बर्षिय पधारथको उपचारमा समस्या, सहयोग गरिदिन परिवारको याचना

बाँके नेपालगन्ज ,मुखको क्यान्सरबाट पीडित खजुरा गाउपालिका ८ रनियापुर का ५५ बर्षिय पधारथ राणको खर्च अभावमा उपचारमा समस्या भएको आफन्तहरुले बताएका छन ।

भरतपुर क्यान्सर आस्पताल चितवनमा उपचार गरिहेका पधारथ आर्थीक अभावमा छटपटाइरहेकाे स्थानिय नेता टंक पाेख्रेलले बताए  । पाेख्रेलका अनुसार उपचारमा लाग्ने खर्चको जोहो नहुँदा पधारथकाे जिवन रक्षामा  समस्या भएको  जनाए ।

बिरामीका आफन्तले हालसम्म ५ लाख खर्च भईसकेको र आफुहरुसंग बाँकी खर्च गर्न सक्ने अवस्था नभएको जनाए ।
५५ बर्षिय पधारथका श्रीमतीको निधन भैसकेको छ भने ३ छोरी २ छोरा रहेका छन । उनको पारीबारीक अवस्था निक्कै  नाजुक रहेको छिमेकीहरुले बताएका छन ।