यस्तो देखियो १४ करोड ९५ लाखको नयाँ बसपार्क
नेपालगन्जको नयाँ नयाँ बसपार्क कमसल सामानको प्रयोग गर्नले बसपार्कका पोल र ट्रसहरू गर्ल्याम गुर्लम ढलेका छन । ठेकेदार कम्पनीको चरम लापरबाहीले यस्तो भएको हो ।
स्थानियका अनुसार ठेकेदार कम्पनी युनाइटेड बिल्ड्रस काठमाडौँले करिब तिन बर्षको लागि नयाँ बसपार्क निमार्ण जिम्मा लगेको थियो । निमार्ण पुरा नहुदै बैशाखे हावाको झोक्कामा बसपार्कका पोल ट्रसहरू ढलेका छन । भने निमार्णार्थ प्राय भवन चर्किएका अबस्थामा छन ।
स्थानियका अनुसार ठेकेदार कम्पनीले झारो टार्ने काम गरेर निमार्ण कार्यलाइ औपचारीकता मात्रै दिलाएको बताइएको छ । गुणात्मक भन्दा पनि कम्पनीले पैसा बचाउने उदेश्यले काममा औपचारिकता निभाएको स्थानियको आरोप छ ।
तर ठेकेदार कम्पनीले भने काम जिम्मेबारका साथ पुरा गरेको दावी गरेको छ । कम्पनीले काम हुदै गर्दा ढलेको भएपनि निमार्ण कार्य पुरा भैनसकेको दावी गरेको छ ।
ठेकेदार कम्पनीले करिब १४ कराेड ९५ लाखकाे उक्त काम बताए पनि स्थानियले भने २२ कराेडकाे काम भएकाे बताएका छन । निर्माण कार्य ३ बर्षकाे रहेकाे बताइएकाे छ ।
साढे चार बिगाहा क्षेत्रफलमा निर्माण भइरहेको उक्त बसपार्कमा टर्मिनल भवन, सपिङ बिल्डिङ, शौचालय, चमेनागृह, पक्की पार्किङ निर्माण गर्ने लक्ष्य छ ।